डडेल्धुरामा निजी विद्यालय सरकारीमा समायोजन « Khabarhub

डडेल्धुरामा निजी विद्यालय सरकारीमा समायोजन


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– गन्यापधुरा गाउँपालिकामा एक सामुदायिक विद्यालयमा तीन विद्यालय समायोजन भएका छन् । गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् ।

गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ । सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु हुनका साथै गुणस्तरीय शिक्षाको विकास भएकाले निजी विद्यालयमा विद्यार्थी सङ्ख्या भर्ना कम हुँदा समायोजन गर्नुपरेको निजी विद्यालय सञ्चालकले जनाएका छन् ।

गाउँपालिकाभित्रका अन्य निजी विद्यालयका विद्यार्थी पनि सामुदायिक विद्यालयमा भर्ना हुन थालेपछि निजी विद्यालय बन्द हुने अवस्थामा पुगेर समायोजन हुन थालेका गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए ।

मर्निङवेल इङ्गलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको अध्यक्ष मल्लले जानकारी दिए । अन्य वडामा रहेका निजी विद्यालय र विद्यार्थी सङ्ख्या कम रहेका सामुदायिक विद्यालयलाई समेत समायोजनको प्रयास भइरहेको उनले बताए । जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयमा पनि विद्यार्थी सङ्ख्या कम हुँदा पनि समायोजन हुन नसक्दा गन्यापधुराले गरेको समायोजनको पहल कदरयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

गाउँपालिकाले समायोजना भएका विद्यालयलाई यही वैशाख ३० गते एक कार्यक्रमको आयोजना गरी स्वागत र सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत करुणाकर पन्तले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ५ : ४१ बजे

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्म लाइनमा: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले