नेपाल प्रहरीमा दुईवटा ब्यूरो स्थापना | Khabarhub Khabarhub

नेपाल प्रहरीमा दुईवटा ब्यूरो स्थापना


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा दुईवटा ब्यूरो स्थापना भएका छन् । नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन ब्यूरो बबरमहलमा स्थापना भएको हो ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्यूरो स्थापना भएको हो ।

गत वर्षको बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्यूरोले यही वैशाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्ने भएका छन् ।

हाल साइबर अनुसन्धान ब्यूरोमा ७० र मानव बेचबिखन ब्यूरोमा ६० दरबन्दी रहनेछ । साइबर अनुसन्धान ब्यूरोको प्रमुखमा प्रहरी नायब महानिरीक्षक डिआइजी र मानव बेचबिखन ब्यूरोको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ३८ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ