केन्द्रले प्रदेशलाई बजेट नदिएको प्रदेश मन्त्रीको आरोप « Khabarhub

केन्द्रले प्रदेशलाई बजेट नदिएको प्रदेश मन्त्रीको आरोप


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर–प्रदेश नं २ का आर्थिक मामिला एवं योजनामन्त्री विजयकुमार यादवले केन्द्रीय सरकार सम्पूर्ण बजेट केन्द्रमा राखेको आरोप लगाएका छन् ।

नेपाल धितोपत्र बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री यादवले केन्द्र सरकारले ८५ प्रतिशत बजेट केन्द्रमा र बाँकी १५ प्रतिशतमा सातै प्रदेशलाई दिइ सङ्घीयतालाई औचित्यहीन सावित गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

उनले अर्थतन्त्रको स्थितिलाई मापन गर्ने आर्थिक ऐनाका रूपमा पूँजी बजार भएकाले लगानीयोग्य बचतको कमीले देखिएको तरलता सङ्कटलाई समाधान गर्न उन्मुख हुनुपर्ने खाँचो औँल्याए ।

प्रदेशसभा सदस्य रामअशीष यादवले प्रदेशको आर्थिक समृद्धिका लागि कर्पोरेट टयाक्स प्रदेश सरकारलाई उपलब्ध गराउनु जरूरी भएको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले बोर्डले लगानीकर्ताको हित, पूँजी बजारको विकास र नियमन गरी रहेको जानकारी गराउँदै आर्थिक विकासका लागि पूँजीबजारलाई प्रोत्साहन गरी यसको स्थायित्व विकास र विस्तारमा सबैको सहयोगको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ८ : २७ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि