नेपालले उर्जा क्षेत्रमा प्रगति गरेको भन्दै राष्ट्रसंघका उपमहासचिवले गरे प्रशंसा « Khabarhub

नेपालले उर्जा क्षेत्रमा प्रगति गरेको भन्दै राष्ट्रसंघका उपमहासचिवले गरे प्रशंसा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा राष्ट्रसंघ र नेपाल सरकारबीच हुन सक्ने सहकार्य र दिगो विकासको बारेमा छलफल भएको जनाइएको छ ।

उपमहासचिव झेनमिनसँगको भेटवार्तामा मन्त्री पुनले नेपालले उर्जाको पहुँचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताए । नेपाल सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादज गर्ने लक्ष्य राखेको उल्लेख गर्दै मन्त्री पुनले त्यसका लागि काम भइरहेको पनि बताए ।

अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले त्यहाँका उपमहासचिवसँग भेटवार्ता गरेका थिए ।

मन्त्री पुनले ‘एसडिजी सेभेन’को लक्ष्य महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकारले कार्यक्रममै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।

जवाफमा उपमहासचिव झेनमिनले नेपालको उर्जा र जलविद्युतको क्षेत्रमा निकै ठूलो सम्भावना रहेको भन्दै राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषद सहकार्य गर्न इच्छुक रहेको बताए ।

नेपालले उर्जा क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै उपमहासचिव झेनमिनले राष्ट्रसंघ नेपाल सरकारसँग नजिक रहेर काम गर्न इच्छुक रहेको बताए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ११ : १९ बजे

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक