युवराज सिंह : ब्याटिङको मातदेखि सन्यासको आँसुसम्म | Khabarhub Khabarhub

युवराज सिंह : ब्याटिङको मातदेखि सन्यासको आँसुसम्म


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २००७ र २०११ को विश्वकप ट्रफी भारतलाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका युवराजले सोमबार मुम्बईको एक होटलमा पत्रकार सम्मेलन गरी आफुले क्रिकेट करियरबाट विदा लिएको घोषणा गरे ।

३७ वर्षीय युवराज सिंहले आफ्नो अन्तिम ओडीआई म्याच ३० जुन २०१७ मा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए भने भारतका लागि अन्तिम टी–२० खेल १ फ्रेबु्रअरी २०१७ मै इङ्ग्ल्यान्डविरुद्ध खेलेका थिए । यस्तै उनले अन्तिम टेस्ट डिसेम्बर २०१२ माा इङ्ग्ल्यान्डविरुद्ध नै खेलेका थिए ।

लामो समय भारतीय क्रिकेटको मध्य विन्दुमा रहेका युवराजले पछिल्लो २ वर्ष भने भारतबाट खेल्न पाएका थिएनन् ।

सम्झनलायक खेल

आफ्नो सन्यासको घोषणा गरिरहँदा युवराजले क्रिकेट मैदानसँगका आफ्नो यादगार क्षणहरु सम्झिए । उनले आफु मैदानमा रहँदाका महत्वपूर्ण ३ खेलको बारेमा बताए ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो पारीका रुपमा सम्झदा सन् २०११ को विश्वकप जित्नु, २००७ को टि–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धका ६ बलमा ६ छक्का र २००४ मा लार्हौरमा बनाएको आफ्नो पहिलो टेस्ट शतकलाई सम्झिएका छन् ।

सन्यास घोषणा कार्यक्रममा भावुक देखिएका उनले भने, ‘म बच्चादेखि नै आफ्नो बुबाले देखाएको बामटोमा हिँडे र देशका लागि खेल्ने उनको सपना पछ्याए । मेरो समर्थकले सधैं मलाई साथ दिए । मेरा लागि २०११ को विश्वकप जित्नु, ‘म्यान अफ दि सिरिज’ हुनु एक सपना जस्तै थियो । यसपछि मलाई क्यान्सर भयो । त्यो निकै कठिन समय थियो । त्यतिबेलदा पनि मेरो परिवार र मेरा समर्थक मेरो साथमा थिए ।’

सबैभन्दा कमजोर प्रदर्शन

युवराजले आफ्नो करियरको सबैभन्दा कमजोर प्रदर्शनका रुपमा २०१४ टी–२० विश्वकपको फाइनलमा श्रीलंकाविरुद्धको खेललाई लिएका छन् । जसमा उनले २१ बलमा ११ रन मात्रै बनाउन सकेका थिए ।

उनले भने, ‘२०१४ टी–२० फाइनल मेरो जीवनको सबैभन्दा खराब प्रदर्शन भयो । त्यतिबेलै मैले सोचिसेकाके थिए कि मेरो क्रिकेट करियर सकियो । त्यो समय म केही पर्खिए र सोचे मैले क्रिकेट खेल्न किन शुरु गरे ? पुन म घरेलु क्रिकेटमा फर्किए र निकै मेहनत गरे । पछि मैले ३ वर्षपछि ओडीआई क्रिकेटमा कमब्याक गरे, किनकि मैले कहिलै पनि आफूाथिको विश्वासलाई हार्न दिएको थिएन ।’

सन्यास बारे बोल्दै युवराजले भने, ‘सफलता पनि हात परिरहेको थिएन र अवसर पनि मिलिरहेकामे थिएन । २००० मा करियर सुरु गरे, अहिले १९ वर्ष भइसको छ । कन्फ्युज थिए कि करियरलाई कसरी रोक्ने भनेर । सोचेको थिए पछिल्लो टी–२० जित्दा नै सन्यास घोषणा गरेको भए हुन्थ्यो । तर, सबै कुरा सोचेको पुरा हुँदैन् । जीवनमा एक समय आउँछ र त्यसैले निधारर्ण गर्छ अब कहाँ जाने ।’

अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तीमानी

ओडीआई क्रिकेटमा युपराजले ३०४ खेल खेले जसमा उनले ३६.५६ रनको औषतमा १४ शतक र ५२ अर्धशतक बनाउँदै ८ हजार ७ सय १ रन बनाए भने १ सय ११ विकेट लिएका थिए ।

टी–२० क्रिकेटमा युवराजले भारतका लागि खेलेक ५८ खेलमा ८ अर्धशतकसहित १ हजार १ सय ७७ रन बनाएका छन् भने ४० टेस्टमा १९ सय रन बनाएका थिए ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ११ : ४६ बजे

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं — एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सुदूरपश्चिम – वडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली