बुवाको लाइसेन्स निकाल्न छोराले ट्रायल दिएपछि... | Khabarhub Khabarhub

बुवाको लाइसेन्स निकाल्न छोराले ट्रायल दिएपछि…


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा आफ्ना बुवाको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक युवक पक्राउ परेका छन् ।

बुवाको नाममा मोटरसाइकलको लाइसेन्सका लागि ट्राइल दिन आएका बेला २१ वर्षीय युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१३ बस्ने २१ वर्षीय अमित रुङ्टा छन् । अमित आफ्ना बुवा राजकुमार रुङ्टाको लागि मोटरसाइकलको लाइसेन्स निकाल्न ट्राइल दिन आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अमित वीरगन्ज महानगरपालिका–२३ प्रसौनीस्थित यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका अमितमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ०२ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार