लोक सेवाको विज्ञापन रोक्ने निर्देशनविरुद्ध सडक आन्दोलन शुरु | Khabarhub Khabarhub

लोक सेवाको विज्ञापन रोक्ने निर्देशनविरुद्ध सडक आन्दोलन शुरु


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगबाट स्थानीय सेवाका कर्मचारी भर्नाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न भनेर जारी भएको निर्देशनविरुद्ध सडक आन्दोलन शुरु भएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनविरुद्ध मंगलबारदेखि सडक आन्दोलन शुरु भएको हो ।

लोक सेवाको तयारीमा रहेका युवाहरुले संसदीय समितिले दिएको निर्देशनको विरोध गर्दै मंगलबार काठमाडौंको माइतघरमा प्रदर्शन गरेका छन् ।

‘लोक सेवा तयारी तदर्थ संघर्ष समिति नेपाल’को आह्वानमा युवाहरुले संसदीय समितिको निर्देशनविरुद्ध मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

संसदीय समितिले लोक सेवालाई दिएको निर्देशन मान्य नहुने युवाहरुको भनाइ छ । संघर्षमा उत्रिएका युवाहरुले संसदीय समितिले निर्देशन फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि चेतावनी दिएका छन् ।

स्थानीय तहमा आफ्ना मान्छेलाई करारमा भर्ना गर्ने उद्देश्यका साथ लोक सेवाको विज्ञापन रद्द गर्ने चलखेल भएको युवाहरुको भनाइ छ ।

युवाहरुले मंगलबार ‘जनताको हितविरुद्ध निर्णय लिने राज्य व्यवस्था तथा सुशासन समिति चाहिँदैन’, ‘पूर्व निर्धारित लोक सेवा आयोगको परीक्षा संचालन गर’ लगायतका नारा लगाउँदै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संविधानको मर्म विपरित लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको भन्दै रद्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : ०७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय