के हो सिकलसेल रोग ? लक्षण र बच्ने उपाय यी हुन् « Khabarhub

के हो सिकलसेल रोग ? लक्षण र बच्ने उपाय यी हुन्


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारकाे हुन्छ ।

सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर पर्छ । शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुन्छ ।

सामान्यतया राता रक्तकोषको आयु १ सय २० दिनसम्म हुन्छ । तर सिकलसेल भएका बिरामीको शरीरमा रक्तकोषको आयु १० देखि २० दिनसम्म मात्रै हुन्छ । जसको कारण बिरामीलाई रक्तअल्पताको समस्या हुन्छ ।  यदी आमा र बुबा दुवैमा यो रोगको जीन छ भने दुईमध्ये एक जना सन्तानमा यो रोग सर्छ ।

सिकलसेलको लक्षण

–छिटो छिटो थकाई लाग्ने,

–सास फेर्न गाह्रो हुने,

–छाती दुख्ने,

–छाती,पेट, हात खुट्टा ढाडमा अचानक कडा खालको दुखाई हुने,

–कमलपित्त हुने,

–आँखामा समस्याहरु देखिने,

– अन्धोपना हुनसक्ने,

–पक्षघात हुने सक्ने,

–संक्रमणहरु भइरहने,

– ज्वरो आउने,

–वाकवाक लाग्ने,

–वान्ता हुने,

– खोकी लाग्ने ।

यी लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्यसंस्थामा स्वास्थ्य परिक्षण गनुपर्छ ।

सिकलसेलका कारण हुने जटिलताबाट यसरी बच्नुस्

–संक्रमण विरुद्ध खोप लगाउने,

–आँखाको नियमित परीक्षण गर्ने,

– रक्त अल्पतालको उपचार गराउने,

–स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित औषधि सेवन गर्ने,

– पानी प्रशस्त्र मात्रामा पिउने,

–धेरै तनाब नलिने,

–सुर्तीजन्य पदार्थ तथा मदिरापान नगर्ने ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : १५ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५