हराएको एक सातापछि भारतीय सैनिक विमानको भग्नावशेष चीनको सीमा नजिक भेटियो « Khabarhub

हराएको एक सातापछि भारतीय सैनिक विमानको भग्नावशेष चीनको सीमा नजिक भेटियो


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– एक साताअघि १३ यात्री सहित हराइरहेको भारतीय वायुसेनाको विमानको भग्नावशेष चीनको सीमा नजिक फेला परेको छ  ।विमानको भग्नावशेष चीनको सीमा नजिक अरुणाचल प्रदेशमा फेला परेको भारतीय अधिकारीले जनाएका छन् ।

भारतीय वायुसेनाको तत्कालीन सोभियत संघमा निर्मित एन्टोनोभ एएन ३२ सैनिक विमान गत जुन ३ बाट हराइरहेको थियो । विमानमा चालक दलका ८ सदस्य तथा ५ सर्वसाधारण थिए । भारतीय वायुसेनाले ट्वीटरमार्फत जनाएअनुसार विमानको भग्नाबशेष मङ्गलबार करिब १२ हजार मिटरको उचाईमा भेटिएको हो ।

विमानको भग्नावशेष भेटिएसँगै विमानमा सवार यात्रुको अवस्थाबारे वास्तविकता पत्ता लगाउन प्रयास भइरहेको भारतीय वायुसेनाले जनाएको छ । वेपत्ता विमानको खोजी प्रयासमा कठिनाई भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई पाँच लाख ५० हजार भारतीय रूपैँयाको पुरस्कार घोषणा गरेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ८ : २० बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको