ट्राफिकले ल्यायो कम्युनिकेशन एप्स, चालक परिवर्तन भए/नभएको पत्ता लगाउन सकिने | Khabarhub Khabarhub

ट्राफिकले ल्यायो कम्युनिकेशन एप्स, चालक परिवर्तन भए/नभएको पत्ता लगाउन सकिने


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी-  चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने प्रहरीको विश्वास छ । पहिलो चरणमा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमही र बाँकेको कोहलपुर, काठमाडौँको नागढुङ्गा, प्रदेश नं २ अन्तर्गत सर्लाहीको कर्मैैयाबाट एप्स सञ्चालन गरिएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

“यसको प्रयोगबाट लामो दूरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए/नभएको पत्ता लगाउन सकिन्छ । जसका लागि एउटा निश्चित विन्दुमा सवारी चालकको तस्वीर खिची सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्यस्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीले चेकिङ प्वाइन्टमा जाँचको क्रममा चालकको तस्वीर र अनुहार जाँच तथा विवरणको आधारमा चालक बदली भए÷नभएको सहज रुपमा पत्ता लगाउन सक्छन्”  उनले भने ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लामो दूरीको सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने प्रावधान छ । तर, पालना नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत उक्त नियम पालना गराउन यो प्रविधि भित्र्याएको हो ।

नेपाल प्रहरीले शुरु गरेको ट्राफिक कम्युनिकेशन एप्सको प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आइतबार सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले उद्घाटन गर्दै एप्सको माध्यमबाट सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।

प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले यो अभियान सवारी चालक, यातायात मजदुर, यातायात व्यवसायी र यात्रु सबैको हितमा रहेको बताए ।  पश्चिमाञ्चल यातायात व्यावसायी समिति बुटवलका अध्यक्ष दधिराम खरेलले एप्सको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख हेमबहादुर शाहीका अनुसार उक्त एप्स प्रयोगकर्ताले जीपीएस लोकेशन पनि थाहा पाउन सक्छन् भने एप्समा चालकको लाइसेन्स नम्बर, टाइमकार्डसमेत जाँच गर्ने सुविधा रहेको छ ।

प्रभावकारी सवारी व्यवस्थापन तथा सुरक्षित गन्तव्यका लागि यस एप्समा ट्राफिक सन्देश प्रवाह गर्ने व्यवस्थासमेत गरिएको छ । यो एप्स ओराकल कम्पनीको जाभा प्रोग्रामिङ ल्वाङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको हो । यो एप्स प्रयोगका लागि एन्ड्रोइड भर्सन ६ वा सो भन्दा माथिको मोबाइल फोन र इन्टरनेटको लागि मोबाइल डाटा वा कम्तिमा एक एमबीपीएस वाइफाइ सुविधा हुनुपर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : २४ बजे

चिनियाँ र अमेरिकी राजदूतले एकैदिन भेटे प्रधानमन्त्री कार्कीलाई

काठमाडौँ– दक्षिणी छिमेकी भारत दुई कदम अगाडि बढेर नेपालको वर्तमान

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिबीच छलफल

काठमाडौं– बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता

गुल्मी– रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति पुन:र्निर्माणमा ओम शिवम पाइप्स