ट्राफिकले ल्यायो कम्युनिकेशन एप्स, चालक परिवर्तन भए/नभएको पत्ता लगाउन सकिने « Khabarhub

ट्राफिकले ल्यायो कम्युनिकेशन एप्स, चालक परिवर्तन भए/नभएको पत्ता लगाउन सकिने


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी-  चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने प्रहरीको विश्वास छ । पहिलो चरणमा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमही र बाँकेको कोहलपुर, काठमाडौँको नागढुङ्गा, प्रदेश नं २ अन्तर्गत सर्लाहीको कर्मैैयाबाट एप्स सञ्चालन गरिएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

“यसको प्रयोगबाट लामो दूरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए/नभएको पत्ता लगाउन सकिन्छ । जसका लागि एउटा निश्चित विन्दुमा सवारी चालकको तस्वीर खिची सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्यस्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीले चेकिङ प्वाइन्टमा जाँचको क्रममा चालकको तस्वीर र अनुहार जाँच तथा विवरणको आधारमा चालक बदली भए÷नभएको सहज रुपमा पत्ता लगाउन सक्छन्”  उनले भने ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लामो दूरीको सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने प्रावधान छ । तर, पालना नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत उक्त नियम पालना गराउन यो प्रविधि भित्र्याएको हो ।

नेपाल प्रहरीले शुरु गरेको ट्राफिक कम्युनिकेशन एप्सको प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आइतबार सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले उद्घाटन गर्दै एप्सको माध्यमबाट सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।

प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले यो अभियान सवारी चालक, यातायात मजदुर, यातायात व्यवसायी र यात्रु सबैको हितमा रहेको बताए ।  पश्चिमाञ्चल यातायात व्यावसायी समिति बुटवलका अध्यक्ष दधिराम खरेलले एप्सको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख हेमबहादुर शाहीका अनुसार उक्त एप्स प्रयोगकर्ताले जीपीएस लोकेशन पनि थाहा पाउन सक्छन् भने एप्समा चालकको लाइसेन्स नम्बर, टाइमकार्डसमेत जाँच गर्ने सुविधा रहेको छ ।

प्रभावकारी सवारी व्यवस्थापन तथा सुरक्षित गन्तव्यका लागि यस एप्समा ट्राफिक सन्देश प्रवाह गर्ने व्यवस्थासमेत गरिएको छ । यो एप्स ओराकल कम्पनीको जाभा प्रोग्रामिङ ल्वाङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको हो । यो एप्स प्रयोगका लागि एन्ड्रोइड भर्सन ६ वा सो भन्दा माथिको मोबाइल फोन र इन्टरनेटको लागि मोबाइल डाटा वा कम्तिमा एक एमबीपीएस वाइफाइ सुविधा हुनुपर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : २४ बजे

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)

वालेन्द्रलाई राजेन्द्रले भने : गणतन्त्र र संघीयता भत्काउन तयार भए सरकारलाई सघाउँछौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष

सुकुम्वासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र (तस्बिरहरू)

काठमाडौं– सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी