श्रीलंकामा अझै उत्तिकै चर्चित छन् रावणकालीन यी ऐतिहासिक स्थान « Khabarhub

श्रीलंकामा अझै उत्तिकै चर्चित छन् रावणकालीन यी ऐतिहासिक स्थान


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मावलम्वीको धार्मिक ग्रन्थ रामायणको सम्बन्ध श्रीलंकासँग जोडिएको छ । बाल्मीकि रामायणलाई आदिवकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेपछि रामायणका विषयमा आम नेपालीहरुले झन जान्ने र बुझ्ने मौका पाएका हुन् ।

हामी सवैलाई जानकारी भएकै विषय हो, राणवले सीतालाई हरण गरेर लंका (हालको श्रीलंका) पु¥याएका थिए । श्रीलंकामा हाल पनि केही यस्ता ऐतिहासिक ठाउँ छन्, जसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ ।

राम १४ वर्ष वनबासका क्रममा सीतालाई रावणले हरण गरेर लंका लगेका थिए । उनलाई लंका लगिएपछि राखिएको र रामणसँग सम्बन्ध जोडिएका स्थानले रामायणकालको अस्तित्वलाई झल्काउँछ ।

पुष्पक विमानस्थल
श्रीलंकाको सिन्हाला शहरमा ‘वेरागनटोटा’ नाम गरेको एक प्रसिद्ध ठाउँ छ । जुन त्यसताका पुष्पक विमान अवतरण गर्ने गरिन्थ्यो ।

युद्ध स्थान

भगवान श्रीराम र राणवबीच भएको युद्ध स्थल पनि सुरक्षित छ । श्रीलंकाको अनुसन्धान टोलीका अनुसार हनुमानले त्यो स्थानको उत्तरदिशाबाट प्रवेश गरेको तथ्य पत्ता लगाएका थिए । जुन स्थानलाई ‘नागद्वीप’ भनिन्छ । यही स्थानमा श्रीरामले रावणको वध गरेका थिए ।

अशोक वाटिका

अशोक वाटिका सवैलाई सुनेको स्थान हो । जहाँ हनुमानले उपद्रो मच्चाएका थिए । सीतालाई खोज्न गएका हुनुमानले त्यही अशोक वाटिकाको एक रुख मुनि सीतालाई भेटाएको थिए ।

सीताको आज्ञा अनुसार नै हनुमानले अशोक बाटिकामा भएका फलफूल खानुका साथै विनास पु¥याएका थिए । यो अशोक बाटिका अहिले ‘सेता एलीया’का नामले चिनिन्छ । जनु नूवरा एलिया नजिक पर्छ । आज पनि यहाँ सीताको मन्दिर रहेको छ भने सँगै झरना पनि रहेको छ । रावणले सीतालाई हरण गरेर यो स्थानमा पु¥याएपछि सीताले यही झरनामा स्नान गर्ने गरको रामायणमा उल्लेख छ ।

यस झरनाका आसपास रहेका चट्टानमा अहिले पनि हनुमानको खुट्टाका पदछापहरु रहेका छन् । जहाँ पहिले हुनमानले कदम राखेका थिए त्यस ठाउँलाई अहिले ‘पवाला मलाई’ भनिन्छ । यो पर्वत लंका र अशोक बाटिकाको बीचमा रहेको छ ।

सीता टियर तलाउ

श्रीलंकाको ‘नम्बारा एलिया’ रोडमा एक तलाउ अहिले पनि सुरक्षित छ । त्यसलाई सीता टियर तालका नामले चिनिन्छ । भनिन्छ जस्तो खडेरी परेपनि यस वरपरका सवै ताल सुक्छन्, तर यो सुक्दैन ।

तर वरपरका ताल र यो तालको पानीको स्वादमा भने नितान्त फरक छ । यस तालको पानी आशु जस्तै नुनिलो स्वादको रहेको बताइन्छ । पौराणिक कथा अनुसार जब रावणले सीतालाई हरण गरेर लगेका थिए त्यसताका यो तलाउमा सीताको आशु खसेको थियो । त्यसबेलादेखि नै यो तलाउको पानी नुनिलो भएको मान्यता राखिन्छ । तर, वैज्ञानिक कारण अरु नै हुनसक्छन् ।

रावणले बनाएको सुरुङ

श्रीलंकामा एक ‘रावनागोडा’ नामको ठाउँ छ । यस ठाउँमा धेरै गुफा र सुरुङ छन् । यी सुरुङबाट भित्रभित्र रावणको राज्य लंकासम्म पुग्न सकिन्छ । यहाँका मानिसहरुको भनाइलाई मान्ने हो भने यहाँका केही सुरुङहरु साउथ अफ्रिकासम्म जोडिएका छन् ।

यीनै गुफामा रावणले आफ्ना सुनका गरगहनाहरु लुकाउने गरेको किंवदन्ती छ । यी प्राकृतिक सुरुङ नभएर बनाइएका सुरुङ भएको अनुसन्धानकर्ता बताउँछन् ।

अग्निपरीक्षा स्थल

रावणले सीतालाई हरण गरेर लगेपछि सीतामाथि अनेकथरी लाञ्छना लगाइए । त्यसपछि आफू चोखो रहेको बताउन सीताले अग्नि परीक्षा दिएकी थिइन् । जुन ठाउँ अझै पनि सुरक्षित छ । त्यस स्थानलाई अहिले ‘वेलीमडा’ भनिन्छ ।

जहाँ अहिले पनि एउटा मन्दिर छ । स्थानीयहरु यस स्थानमा कुनै न्याय दिलाउने काम वा फैसला सुनाउने काम गर्छन् । यहाँ सुनाइएको फैसला सत्य हुने मान्यता पनि राख्छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ११ बजे

‘मारिया हस्पिटल’ अवैध, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार

काठमाडौं– काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई

पूर्वराष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’