श्रीलंकामा अझै उत्तिकै चर्चित छन् रावणकालीन यी ऐतिहासिक स्थान | Khabarhub Khabarhub

श्रीलंकामा अझै उत्तिकै चर्चित छन् रावणकालीन यी ऐतिहासिक स्थान


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मावलम्वीको धार्मिक ग्रन्थ रामायणको सम्बन्ध श्रीलंकासँग जोडिएको छ । बाल्मीकि रामायणलाई आदिवकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेपछि रामायणका विषयमा आम नेपालीहरुले झन जान्ने र बुझ्ने मौका पाएका हुन् ।

हामी सवैलाई जानकारी भएकै विषय हो, राणवले सीतालाई हरण गरेर लंका (हालको श्रीलंका) पु¥याएका थिए । श्रीलंकामा हाल पनि केही यस्ता ऐतिहासिक ठाउँ छन्, जसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ ।

राम १४ वर्ष वनबासका क्रममा सीतालाई रावणले हरण गरेर लंका लगेका थिए । उनलाई लंका लगिएपछि राखिएको र रामणसँग सम्बन्ध जोडिएका स्थानले रामायणकालको अस्तित्वलाई झल्काउँछ ।

पुष्पक विमानस्थल
श्रीलंकाको सिन्हाला शहरमा ‘वेरागनटोटा’ नाम गरेको एक प्रसिद्ध ठाउँ छ । जुन त्यसताका पुष्पक विमान अवतरण गर्ने गरिन्थ्यो ।

युद्ध स्थान

भगवान श्रीराम र राणवबीच भएको युद्ध स्थल पनि सुरक्षित छ । श्रीलंकाको अनुसन्धान टोलीका अनुसार हनुमानले त्यो स्थानको उत्तरदिशाबाट प्रवेश गरेको तथ्य पत्ता लगाएका थिए । जुन स्थानलाई ‘नागद्वीप’ भनिन्छ । यही स्थानमा श्रीरामले रावणको वध गरेका थिए ।

अशोक वाटिका

अशोक वाटिका सवैलाई सुनेको स्थान हो । जहाँ हनुमानले उपद्रो मच्चाएका थिए । सीतालाई खोज्न गएका हुनुमानले त्यही अशोक वाटिकाको एक रुख मुनि सीतालाई भेटाएको थिए ।

सीताको आज्ञा अनुसार नै हनुमानले अशोक बाटिकामा भएका फलफूल खानुका साथै विनास पु¥याएका थिए । यो अशोक बाटिका अहिले ‘सेता एलीया’का नामले चिनिन्छ । जनु नूवरा एलिया नजिक पर्छ । आज पनि यहाँ सीताको मन्दिर रहेको छ भने सँगै झरना पनि रहेको छ । रावणले सीतालाई हरण गरेर यो स्थानमा पु¥याएपछि सीताले यही झरनामा स्नान गर्ने गरको रामायणमा उल्लेख छ ।

यस झरनाका आसपास रहेका चट्टानमा अहिले पनि हनुमानको खुट्टाका पदछापहरु रहेका छन् । जहाँ पहिले हुनमानले कदम राखेका थिए त्यस ठाउँलाई अहिले ‘पवाला मलाई’ भनिन्छ । यो पर्वत लंका र अशोक बाटिकाको बीचमा रहेको छ ।

सीता टियर तलाउ

श्रीलंकाको ‘नम्बारा एलिया’ रोडमा एक तलाउ अहिले पनि सुरक्षित छ । त्यसलाई सीता टियर तालका नामले चिनिन्छ । भनिन्छ जस्तो खडेरी परेपनि यस वरपरका सवै ताल सुक्छन्, तर यो सुक्दैन ।

तर वरपरका ताल र यो तालको पानीको स्वादमा भने नितान्त फरक छ । यस तालको पानी आशु जस्तै नुनिलो स्वादको रहेको बताइन्छ । पौराणिक कथा अनुसार जब रावणले सीतालाई हरण गरेर लगेका थिए त्यसताका यो तलाउमा सीताको आशु खसेको थियो । त्यसबेलादेखि नै यो तलाउको पानी नुनिलो भएको मान्यता राखिन्छ । तर, वैज्ञानिक कारण अरु नै हुनसक्छन् ।

रावणले बनाएको सुरुङ

श्रीलंकामा एक ‘रावनागोडा’ नामको ठाउँ छ । यस ठाउँमा धेरै गुफा र सुरुङ छन् । यी सुरुङबाट भित्रभित्र रावणको राज्य लंकासम्म पुग्न सकिन्छ । यहाँका मानिसहरुको भनाइलाई मान्ने हो भने यहाँका केही सुरुङहरु साउथ अफ्रिकासम्म जोडिएका छन् ।

यीनै गुफामा रावणले आफ्ना सुनका गरगहनाहरु लुकाउने गरेको किंवदन्ती छ । यी प्राकृतिक सुरुङ नभएर बनाइएका सुरुङ भएको अनुसन्धानकर्ता बताउँछन् ।

अग्निपरीक्षा स्थल

रावणले सीतालाई हरण गरेर लगेपछि सीतामाथि अनेकथरी लाञ्छना लगाइए । त्यसपछि आफू चोखो रहेको बताउन सीताले अग्नि परीक्षा दिएकी थिइन् । जुन ठाउँ अझै पनि सुरक्षित छ । त्यस स्थानलाई अहिले ‘वेलीमडा’ भनिन्छ ।

जहाँ अहिले पनि एउटा मन्दिर छ । स्थानीयहरु यस स्थानमा कुनै न्याय दिलाउने काम वा फैसला सुनाउने काम गर्छन् । यहाँ सुनाइएको फैसला सत्य हुने मान्यता पनि राख्छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ११ बजे

लोडसेडिङ हटेपछि निर्यात उद्योग खुसी

काठमाडौं– उद्योगमा लोडसेडिङ हटेपछि निर्यात उद्योगीहरू खुसी भएका छन् ।

आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास महत्त्वपूर्ण : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

काठमाडौं- आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति

एमाले कार्यकर्तालाई जागिर खुवाउन बन्द उद्योगमा पदाधिकारी नियुक्त गरिँदै

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी स्थापनादेखि नै व्यावसायिक

अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा संविधानको व्यवस्था, मर्म र भावना