नेबिसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा (विज्ञप्तिसहित) « Khabarhub

नेबिसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा (विज्ञप्तिसहित)


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो कार्यकालको थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको पनि अध्यक्ष महरले जानकारी दिए ।

सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारे । उनले आफूले राजीनामा दिएपछि संघको १२ औं महाधिवेशन सम्पन्न गराउन पार्टी नेतृत्वलाई सहज हुने विश्वास पनि व्यक्त गरे ।

गत भदौमा महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएको थियो । त्यसपछि थप गरिएको समय पनि माघ २ गते सकिएपछि सभापति महरले वैधानिकतामाथि प्रश्न उठने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिने क्रममा स्ववियू निर्वाचनमा संघलाई पहिलो स्थानमा पु¥याएको, राष्ट्रियता सम्बन्धि आन्दोलनलाई नेतृत्व दिएको लगायतका आफ्ना कार्यकालको मुख्य उपलब्धि रहेको पनि बताए ।

काँग्रेसभित्र नेविसंघको महाधिवेशनको मिति तय गर्ने विषयमा पनि विवाद छ । सोही विवादका कारण संघको १२ औं महाधिवेशन अझै पनि अन्योलमा रहेको छ । अध्यक्ष महरमाथि सो महाधिवेशन समयमै सम्पन्न नगरेको आरोप लाग्दै आएको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्