सिरियाबाट अमेरिकी सेना फिर्ती प्रकृया केही साताभित्रै « Khabarhub

सिरियाबाट अमेरिकी सेना फिर्ती प्रकृया केही साताभित्रै


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियामा रहेका अमेरिकी सेना फिर्ता बोलाउने प्रक्रिया केही सातापछि शुरु हुने अमेरिकी सैनिक अधिकारीले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट सेना फर्काउन दिएको निर्देशन अनुसार सेना फिर्ता गर्ने प्रकृया केही साताभित्रै शुरु हुने अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर जोसेफ भटललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिकी सेना केही साताभित्र फिर्ता भएपनि त्यस क्षेत्रमा विकास हुने घटनाक्रमले अमेरिकी सेना फिर्ता हुने मिति निर्धारण गर्ने भटलको भनाइ छ । सिरियाबाट अमेरिकी सेनाले सैनिक उपकरण भने फिर्ता गर्ने प्रकृया यसअघि नै शुरु गरिसकेको समाचार सार्वजनिक भएको थियो ।

सैनिक उपकरण फिर्ता गर्नभन्दा सेनामा काम गर्ने मानिसहरुलाई फिर्ता गर्ने काम सजिलो भएकाले सिरियाबाट सेना फिर्ता गर्न धेरै समय नलाग्ने भटलको भनाइ छ ।

सिरियाको डिएर एजजोर प्रान्तमा रहेको इस्लामिक स्टेटको अन्तिम गढमा अमेरिका समर्थित फौजले आक्रमा सुरु गरेको केही दिनभित्रै अमेरिकी सैनिक कमाण्डरको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : १७ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)