कार्यवाहक अमेरिकी रक्षामन्त्री काबुलमा « Khabarhub

कार्यवाहक अमेरिकी रक्षामन्त्री काबुलमा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबान र अमेरिकी विशेष प्रतिनिधिबीच वार्ताको मिति नजिकिँदै गर्दा कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक सनहन अफगानिस्तान पुगेका छन् ।

सोमबार राजधानी काबुल पुगेका उनले अफगानिस्तानमा रहेका अमेरिकी सैनिक तथा अफगान राष्ट्रपति अशरफ घानीसँग भेटघाट गर्ने कार्यक्रम छ । कतारको राजधानी दोहामा अमेरिकी विशेष प्रतिनिधि तथा तालिबानका राजनीतिक प्रतिनिधिबीच आगामी फेब्रुअरी २५ मा हुने अर्को चरणको शान्ति वार्ताको मिति नजिकिँदै गर्दा उनी अफगानिस्तानको भ्रमणमा निस्केका हुन् ।

यद्यपि उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने विषयमा कुनै निर्देशन नपाएको बताएका छन् । त्यस क्षेत्रमा अमेरिकी सुरक्षा चासो रहेकाले त्यहाँ अमेरिकी सेनाको उपस्थिती रहनु महत्वपूर्ण हुने कार्यवाहक रक्षामन्त्रीको भनाइ छ ।

अमेरिकी तथा तालिबानी प्रतिनिधिबीच जारी वार्ताको श्रृङ्खलामा अफगान सरकारलाई समावेश नगरिएका कारण राष्ट्रपति अशरफ घानी असन्तुष्ट रहेको समाचार सार्वजनिक हुँदै आएका छन् । तर, आफू तालिबानसँगको शान्ति वार्तामा सहभागी नभएकाले त्यसबारे अफगान सरकारसँग कुनै बाचा गर्न नसक्ने सनहनको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : २२ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक