कार्यवाहक अमेरिकी रक्षामन्त्री काबुलमा « Khabarhub

कार्यवाहक अमेरिकी रक्षामन्त्री काबुलमा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबान र अमेरिकी विशेष प्रतिनिधिबीच वार्ताको मिति नजिकिँदै गर्दा कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक सनहन अफगानिस्तान पुगेका छन् ।

सोमबार राजधानी काबुल पुगेका उनले अफगानिस्तानमा रहेका अमेरिकी सैनिक तथा अफगान राष्ट्रपति अशरफ घानीसँग भेटघाट गर्ने कार्यक्रम छ । कतारको राजधानी दोहामा अमेरिकी विशेष प्रतिनिधि तथा तालिबानका राजनीतिक प्रतिनिधिबीच आगामी फेब्रुअरी २५ मा हुने अर्को चरणको शान्ति वार्ताको मिति नजिकिँदै गर्दा उनी अफगानिस्तानको भ्रमणमा निस्केका हुन् ।

यद्यपि उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने विषयमा कुनै निर्देशन नपाएको बताएका छन् । त्यस क्षेत्रमा अमेरिकी सुरक्षा चासो रहेकाले त्यहाँ अमेरिकी सेनाको उपस्थिती रहनु महत्वपूर्ण हुने कार्यवाहक रक्षामन्त्रीको भनाइ छ ।

अमेरिकी तथा तालिबानी प्रतिनिधिबीच जारी वार्ताको श्रृङ्खलामा अफगान सरकारलाई समावेश नगरिएका कारण राष्ट्रपति अशरफ घानी असन्तुष्ट रहेको समाचार सार्वजनिक हुँदै आएका छन् । तर, आफू तालिबानसँगको शान्ति वार्तामा सहभागी नभएकाले त्यसबारे अफगान सरकारसँग कुनै बाचा गर्न नसक्ने सनहनको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : २२ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व