मुलुकको समृद्धिका लागि खनिज  पदार्थको योगदान महत्वपूर्ण : मन्त्री पोखरेल | Khabarhub Khabarhub

मुलुकको समृद्धिका लागि खनिज  पदार्थको योगदान महत्वपूर्ण : मन्त्री पोखरेल


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि खनिज तथा यसमा आधारित खानीहरुले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् । मन्त्री पोखरेलले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको विराट अभियानमा खनिज तथा यसमा आधारित खानीहरुले उल्लेख्य योगदान दिन सक्ने पनि स्पष्ट पारे ।

सोमबार त्रिभुवन विश्वविद्यालय भूगर्भशाष्त्र केन्द्रिय विभागले काठमाडौंमा आयोजना गरेको तेस्रो भू–विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उहाँले भूगर्भ शास्त्रीहरुलाई भूकम्पीय जोखिम न्यूनिकरणका लागि आवश्यक सुझाव सरकारलाई दिन पनि आग्रह गरे । राष्ट्रिय पुनर्निर्माणको यस अभियानमा भूगर्भविद्हरुले दिएको सुझाव महत्वपूर्ण हुने मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले भूवनावटको जोखिमलाई अध्ययन गरेर मात्रै भवन निर्माणको कामलाई अघि बढाउन पनि सबैलाई अपिल गरे । प्रर्दशनीमा भूकम्पीय जोखिम र यसको न्यूनिकरणका उपायबारे विस्तृत जानकारी लिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’