महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरको शसक्त प्रदर्शन, रोमाञ्चक खेलमा वसन्तको टीम विजयी « Khabarhub

महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरको शसक्त प्रदर्शन, रोमाञ्चक खेलमा वसन्तको टीम विजयी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गर्दै सुखद् सुरुवात गरेको छ ।

रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट बलिङ गर्दै डीपीएलमा आफ्नो पहिलो जित हात पारे ।

रुपन्देहीका विक्रम शोव, पुनित मेहरा तथा कप्तान वसन्त रेग्मीको कसिलो बलिङ माझ महेन्द्रनगरका ब्याट्सम्यान निरीह बने ।

महेन्द्रनगरका लागि आनन्द सुब्रमुनियमले २५ रन, रोहित कुमार पौडेलले २४ रन तथा मोहमद नाभेदले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

त्यस्तै, बलिङ तर्फ रुपन्देहीका लागि विक्रम शोवले ३ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए भने पुनित मेहराले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर २ विकेट लिए त्यस्तै कप्तान वसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै ८ रन मात्रै खर्चेर १ विकेट लिएका थिए ।

यस्तै, कृष्ण कार्की र ललितसिंह भण्डारीले समान १—१ विकेट लिएका थिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको रुपन्देहीका लागि सुमित महर्जनले २५ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले धेरै रन जोड्न सकेका थिएनन् । विनोद भण्डारी १९ रन, विक्रम शोव १६ तथा सन्दीप सुनार १५ रनमा समेटिए ।

रुपन्देही विरुद्ध महेन्द्रनगरका सिदान्त लोहनी सागर ढकाल, अभिनास बोहराले उत्कृष्ट बलिङ गरेका थिए ।

सिदान्तले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र अभिनास बोहराले् समान २—२ विकेट लिए भने कप्तान शरद भेषावकरले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : २५ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत