महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरको शसक्त प्रदर्शन, रोमाञ्चक खेलमा वसन्तको टीम विजयी | Khabarhub Khabarhub

महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरको शसक्त प्रदर्शन, रोमाञ्चक खेलमा वसन्तको टीम विजयी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गर्दै सुखद् सुरुवात गरेको छ ।

रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट बलिङ गर्दै डीपीएलमा आफ्नो पहिलो जित हात पारे ।

रुपन्देहीका विक्रम शोव, पुनित मेहरा तथा कप्तान वसन्त रेग्मीको कसिलो बलिङ माझ महेन्द्रनगरका ब्याट्सम्यान निरीह बने ।

महेन्द्रनगरका लागि आनन्द सुब्रमुनियमले २५ रन, रोहित कुमार पौडेलले २४ रन तथा मोहमद नाभेदले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

त्यस्तै, बलिङ तर्फ रुपन्देहीका लागि विक्रम शोवले ३ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए भने पुनित मेहराले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर २ विकेट लिए त्यस्तै कप्तान वसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै ८ रन मात्रै खर्चेर १ विकेट लिएका थिए ।

यस्तै, कृष्ण कार्की र ललितसिंह भण्डारीले समान १—१ विकेट लिएका थिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको रुपन्देहीका लागि सुमित महर्जनले २५ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले धेरै रन जोड्न सकेका थिएनन् । विनोद भण्डारी १९ रन, विक्रम शोव १६ तथा सन्दीप सुनार १५ रनमा समेटिए ।

रुपन्देही विरुद्ध महेन्द्रनगरका सिदान्त लोहनी सागर ढकाल, अभिनास बोहराले उत्कृष्ट बलिङ गरेका थिए ।

सिदान्तले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र अभिनास बोहराले् समान २—२ विकेट लिए भने कप्तान शरद भेषावकरले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : २५ बजे

‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा

काठमाडौं – बलिउड नायक सलमान खान प्रस्तोता रहेको शो ‘बिग

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको बुद्धभुमी नगरपालिका-६ लक्ष्मीपुर बस्ने ६४ वर्षीय मल्लु धोवीको करेन्ट लागेर

कांग्रेसमा रामहरिको प्रष्टिकरण : ‘कुलिङ पिरियड’ सर्वसम्मतिले राखेका थियौँ, थपिएर संसद्‍ पुगेको उपदफामा हाम्रो दोष छैन

काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

काजोलको स्पष्टीकरण- शाहरुख र मेरो केमेस्ट्रीसँग अजय ‘जेलस’ छैनन्

काठमाडौं – बलिउड नायिका काजोलले आफ्ना श्रीमान् अजय देवगन र

हृदयघात भएर बित्ने ‘बिग बोस’का प्रतिस्पर्धी ४ पुगे

काठमाडौं – सलमान खान प्रस्तोता रहेको टेलिभिजन कार्यक्रम ‘बिग बोस’को