लखनउमा प्रियंका गान्धीको विशाल र्‍याली « Khabarhub

लखनउमा प्रियंका गान्धीको विशाल र्‍याली


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय काँग्रेस पार्टीकी नवनियुक्त महासचिव प्रियंका गान्धी आफ्ना दाजु राहुल गान्धीका साथ सोमबार उत्तर प्रदेशको राजधानी लखनउमा विशाल र्‍यालीमा सहभागी भएकी छिन् ।

पूर्वी उत्तर प्रदेशको जिम्मेवारीसहित अघिल्लो महिना पार्टीले प्रियंका गान्धीलाई महासचिव बनाएपछिको उनको यो पहिलो राजनीतिक र्‍याली हो । यो र्‍यालीलाई मूलधारको राजनीतिमा उनको डेब्युका रुपमा लिइएको छ ।

१५ किलोमिटर लामो र्‍यालीमा काँग्रेस समर्थक लाखौँ मानिसहरु सहभागि रहेको छन् । र्‍यालीमा सहभागीहरुले उनको नामको नारा लगाएका थिए ।

आगामी मे महिनाभित्र हुने आम निर्वाचनको तयारीका लागि र्‍यालीको आयोजना गरिएको हो । मूलधारको राजनीतिमा प्रियंका गान्धीको आगमनले उत्तर प्रदेशमा काँग्रेस समर्थक माझ उत्साह ह्वात्तै बढेको बताइन्छ ।

उनी तीन दिनसम्म उत्तर प्रदेशमै रहने बताइएको छ । सत्तारुढ भारतीय जनता पार्टी बीजेपीको गढ मानिने उत्तर प्रदेशमा प्रियंका गान्धीलाई चुनावमा काँग्रेसलाई जिताउन उति सजिलो नभएको विश्लेषकहरु बताउँछन् ।

बिजेपीले अघिल्लो आम निर्वाचनमा राज्यको ८० मध्ये ७३ सिट जितेको थियो भने काँग्रेस केबल २ सिटमा सिमित बनेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ३२ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा