प्रतिवादी ३६ वर्षपछि पक्राउ « Khabarhub

प्रतिवादी ३६ वर्षपछि पक्राउ


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कालीगण्डकी गाउँपालिका–५ बस्ने ७५ वर्षीय झिल्लुप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाले अंशबन्डा मुद्दामा ३९ साल साउन १७ गते पाँच हजार २०२ रुपैयाँ ७५ पैसा जरिवाना तोकेको थियो ।

जरिवाना नतिरेपछि अदालतले २ वर्ष कैद सजाय तोकेकामा फरार रहेका न्यौपानेलाई प्रहरीले आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । न्यौपानेविरुद्ध जिल्ला अदालत स्याङ्जामा ३३ साल पुस २३ गते मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ३० बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको