थाइल्याण्डद्वारा बहराइनी शरणार्थी रिहा « Khabarhub

थाइल्याण्डद्वारा बहराइनी शरणार्थी रिहा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियामा शरणार्थीका रुपमा बसोबास गर्दै आएका एकजना बहराइनी फुटबलरलाई थाइल्याण्डले रिहा गरेको छ । बहराइनले उनलाई सुपुर्दगी गर्न गरेको माग फिर्ता लिएपछि उनलाई राजधानी बैंककको जेलबाट रिहा गरिएको थाई अधिकारीले जनाएका छन् ।
उनी जेलबाट रिहा हुनेबित्तिकै अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बताइएको छ ।

सन् २०१४ देखि अष्टे«लियामा शरण लिइरहेका बहराइनी फुटबलर हकिम अल अरइबीलाई गत नोभेम्बरमा हनिमुन मनाउन थाइल्याण्ड आएका बेला बहराइनको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरिएको थियो ।

उनीमाथि बहराइनमा सन् २०११ मा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी भएर विभिन्न अपराध गरेको अभियोग लागेको छ ।
त्यसपछि बहराइनले उनलाई सुपुर्दगी गर्नका लागि थाइल्याण्डसमक्ष आग्रह गरेको थियो ।

तर, बहराइनले उनलाई सुपुर्गदी गर्न गरेको आग्रह फिर्ता लिएपछि उनलाई रिहा गरिएको हो । यद्यपि बहराइनले उनलाई सुपुर्दगी गर्न गरेको आग्रह किन फिर्ता लिएको हो भन्ने स्पष्ट नभएको जनाइएको छ ।

उनलाई पक्राउ गरिएको विषयलाई लिएर अन्तर्राष्ट्रियस्तरमा चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ३४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा