‘पोलर बियर’को आतंकपछि त्रास, संकटकाल घोषणा « Khabarhub

‘पोलर बियर’को आतंकपछि त्रास, संकटकाल घोषणा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोलर बियर अर्थात् ध्रुवीय भालुले आतंक मच्चाएपछि रुसी अधिकारीहरुले सुदुर उत्तरी नोभाया जेम्ल्या टापुमा रहेका मानववस्तीमा संकटकालको घोषणा गरेका छन् ।

खानेकुराको अभावमा भोकमरीले ग्रस्त भालुहरुको ठूलो समूहले ३ हजार जनसङ्ख्या रहेको टापुमा अतिक्रमण गरेको बताइएको छ । भालुको अतिक्रमणका कराण स्थानीयहरुले सहयोगको याचना गरेपछि त्यहाँ संकटकालको घोषणा गरिएको हो ।

भालुले गरिरहेको अतिक्रमणको अध्ययन तथा त्यसको समाधानका लागि त्यहाँ वातावरणसम्बन्धी विशेषज्ञको टोलीलाई परिचालन गरिएको अधिकारीले जनाएका छन् । नोभाया जेम्ल्या टापु सुमेरु बृत्तमा पर्छ ।

रुसमा ध्रुवीय भालुलाई संकटग्रस्त प्रजातीको सूचिमा राखिएकाले भालुलाई मार्न पाइँदैन । विश्वव्यापी तापक्रम बृद्धिका कारण ध्रुवीय क्षेत्रमा बसोबास गर्ने भालुहरु मानववस्ती भएका क्षेत्रतर्फ आकर्षित भइरहेको बताइन्छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ३८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण