प्रधान न्यायाधीशलाई बर्खास्त गर्नु गलत: संयुक्त राष्ट्रसंघ | Khabarhub Khabarhub

प्रधान न्यायाधीशलाई बर्खास्त गर्नु गलत: संयुक्त राष्ट्रसंघ


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले नाइजेरियाली राष्ट्रपति मुहमदु बुहारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई बर्खास्त गर्नु मानवअधिकारको मापदण्ड अनुसार शक्ति विभाजनको सिद्धान्त तथा न्ययपालिकाको स्वतन्त्रताको उल्लङ्घन भएका ठहर गरेका छन् ।

राष्ट्रपतिले न्यायाधीशहरुमाथि अनियमितता र शक्तिको दुरुपयोगको गम्भीर आधारमा मात्रै बर्खास्त गर्नसक्ने अन्तर्राष्ट्रिय प्रावधान रहेको र यदी न्यायाधीशलाई बर्खास्त नै गर्नुपरे पनि स्वतन्त्र समिति वा न्यायपालिकाको प्रस्तावमा मात्रै पारदर्शी ढंगले राष्ट्रपतिले न्यायाधीशलाई बर्खास्त गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै उनीहरुले राष्ट्रपति बुहारीले मानवअधिकार मापदण्डको उल्लङ्घन गरेको जनाएका हुन् ।

राष्ट्रपति बुहारीले गत जनवरी २५ मा मुलुकका प्रधानन्यायाधीश वाल्टर वोन्नोगेनलाई बर्खास्त गरी आफूनजिकका न्यायाधीश इब्राहिम टाङ्को मोहम्मदलाई मुलुकको प्रधानन्यायाधीश नियुक्त गरेका थिए । नाइजेरियामा आगामी शनिबार राष्ट्रपतीय निर्वाचन हुँदैछ । निर्वाचनमा राष्ट्रपति बुहारीले दोश्रो कार्यकालका लागि पनि उम्मेद्वारी दिएका छन् ।

प्रधानन्यायाधीशलाई मतगणनामा भएका अनियमितताबारे फैसला सुनाउने अधिकार भएकाले प्रधानन्यायाधीशको बर्खास्तीलाई महत्वपूर्ण मानिएको हो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : ४३ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड