प्रधान न्यायाधीशलाई बर्खास्त गर्नु गलत: संयुक्त राष्ट्रसंघ « Khabarhub

प्रधान न्यायाधीशलाई बर्खास्त गर्नु गलत: संयुक्त राष्ट्रसंघ


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले नाइजेरियाली राष्ट्रपति मुहमदु बुहारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई बर्खास्त गर्नु मानवअधिकारको मापदण्ड अनुसार शक्ति विभाजनको सिद्धान्त तथा न्ययपालिकाको स्वतन्त्रताको उल्लङ्घन भएका ठहर गरेका छन् ।

राष्ट्रपतिले न्यायाधीशहरुमाथि अनियमितता र शक्तिको दुरुपयोगको गम्भीर आधारमा मात्रै बर्खास्त गर्नसक्ने अन्तर्राष्ट्रिय प्रावधान रहेको र यदी न्यायाधीशलाई बर्खास्त नै गर्नुपरे पनि स्वतन्त्र समिति वा न्यायपालिकाको प्रस्तावमा मात्रै पारदर्शी ढंगले राष्ट्रपतिले न्यायाधीशलाई बर्खास्त गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै उनीहरुले राष्ट्रपति बुहारीले मानवअधिकार मापदण्डको उल्लङ्घन गरेको जनाएका हुन् ।

राष्ट्रपति बुहारीले गत जनवरी २५ मा मुलुकका प्रधानन्यायाधीश वाल्टर वोन्नोगेनलाई बर्खास्त गरी आफूनजिकका न्यायाधीश इब्राहिम टाङ्को मोहम्मदलाई मुलुकको प्रधानन्यायाधीश नियुक्त गरेका थिए । नाइजेरियामा आगामी शनिबार राष्ट्रपतीय निर्वाचन हुँदैछ । निर्वाचनमा राष्ट्रपति बुहारीले दोश्रो कार्यकालका लागि पनि उम्मेद्वारी दिएका छन् ।

प्रधानन्यायाधीशलाई मतगणनामा भएका अनियमितताबारे फैसला सुनाउने अधिकार भएकाले प्रधानन्यायाधीशको बर्खास्तीलाई महत्वपूर्ण मानिएको हो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : ४३ बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक