भारतमाथि नेपाली महिला फुटबल टोलीको ऐतिहासिक जीत « Khabarhub

भारतमाथि नेपाली महिला फुटबल टोलीको ऐतिहासिक जीत


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्डकप फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय महिला टोलीमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार भारतको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ५ औं मिनेटमा पहिलोे गोल गर्दै भारतविरुद्ध टिमलाई १—० को अग्रता दिलाएकी थिइन् ।

त्यसको २ मिनेटभित्रै अर्थात् खेलको ७ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सावित्राले टिमलाई दोहोरो अग्रता दिलाइन् ।
पहिलो हाफमै नेपालसँग २—० गोलले पछि रहेको भारतले खेलको ८४ औ मिनेटमा गोल एक गोल फर्काएको थियो । भारतका लागि रतन बालादेवीले गोल गरेकी थिईन् ।

भारतमाथि जित निकालेको नेपाल ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको म्यानमारले लगातार दुई खेलमा जित निकाल्दै ६ अंक बनाएको छ । लिगको अन्तिम खेल नेपालले इरानसँग खेल्नेछ ।

जितपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले भारतलाई उसैको मैदानमा पराजित गर्ने सपना पुरा भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ०९ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते