भारत सेमिफाइनलबाटै बाहिरिएपछि प्रधानमन्त्री मोदीले यस्तो लेखे « Khabarhub

भारत सेमिफाइनलबाटै बाहिरिएपछि प्रधानमन्त्री मोदीले यस्तो लेखे


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्कप क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि विभिन्न क्रिया प्रतिक्रिया आउन थालेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो टिमले खेलेको खेलप्रति असन्तुष्ट देखिएका छन् । उनले  सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘एक निराशाजनक परिणाम ! तर अन्तिमसम्म भारतले गरेको प्रदर्शन देखेर खुःशी लाग्यो । यस टुर्नामेन्टभरी भारतले उत्कृष्ट ब्याटिङ र बलिङ गर्यो यसमा मलाई गर्व छ । हार जित जीवनको एक भाग हो । भविष्यको लागि टिमलाई हार्दिक बधाई !’

आजको खेलमा धेरैले आशा गरेका कप्तान विराट कोहली, रोहीत शर्मा र के एल राहुल समान १–१ रन बनाएर आउट हुनु नै भारतको हारको प्रमुख कारण बन्यो ।

केहीले भारतले हार्नुमा पूर्व कप्तान महेन्द्रसिंह धोनीको धिमा गतिलाई समेत हेरेका छन् । किनकी भारतले ९२ रनमा ६ विकेट गुमाउँदा रवीन्द्र जडेजा र धोनी मैदानमा थिए । उनले ७२ बलकाे सामना गर्दा ५० रन मात्र बनाए ।

त्यसैगरी भारतीय टिमका पूर्व कप्तान सौरव गांगुली र भिभिएस लक्ष्मणसहित पूर्व क्रिकेटरहरुले सातौं नम्बरमा धोनीलाई मैदानमा पठाउनु पनि हारको कारण रहेको बताएका छन् ।

हार्दिक पांड्या र दिनेश कार्तिकलाई धोनीभन्दा पहिले मैदानमा पठाएको भए नतिजा अर्कै आउने उनीहरुको तर्क छ ।

न्यूजिल्याण्डसँग पराजित भएसँगै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले न्यूजिल्याण्डको किफायती बलिङको तारिफ गरे ।

उनले भने शुरुवाती ४०–४५ मिनेटमा नै खेल बदलिएको बताएका छन् । उनले भारतले प्रतियोगिताभर निकै नै राम्रो खेल प्रदर्शन गरेको जनाएका छन् । उनले भने, – हामी हारबाट निराश छौं, तर, आत्मविश्वास हल्लिएको छैन ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ५ : ५८ बजे

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको