महिला मात्र बस्ने अनौठो टापु जहाँ पुरुषलाई प्रतिबन्ध ! | Khabarhub Khabarhub

महिला मात्र बस्ने अनौठो टापु जहाँ पुरुषलाई प्रतिबन्ध !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेला बेलामा संसारमा विभिन्न ठाउँ का अनौठा घटनाहरु देख्न र सुन्न पाइन्छन् । तपाइँले दुनियाको यस्तो कुनै ठाउँको बारेमा सुन्नुभएको छ, जहाँ केवल महिला मात्र जान सक्दछन् ? महिला मात्र जाने र पुरुषका लागि जान बन्देज रहेको एउटा टापु छ यो दुनियामा ।

उक्त टापुको नाम हो– सुपरशी टापु । बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त टापु ८.४७ एक्कड क्षेत्रफलमा फैलिएको छ । अमेरिकाकी एक धनाढ्य महिला क्रिस्टिना रोथले उक्त टापु किनेकी छिन् ।

क्रिस्टिनका यस्तो ठाउँको खोजी थिइन् जहाँ महिलाहरु आरामसँग छुट्टी मनाउन सकून् र कुनै समस्या नपरोस् । यो टापु त्यस्तै स्वप्निल ठाउँ हो । त्यहाँ महिलाहरुलाई फिटनेश, पोषण तथा अन्य सबैखाले दैनिक आवश्यकताका चिजबिजहरु प्राप्त हुनेछन् ।

भागदौडबाट मुक्त भएर महिलाहरु उक्त टापुमा समय बिताउन पाउनेछन् । यो टापुमा एउटा रिसोर्ट छ । उक्त रिसोर्टको निर्माण सम्पन्न हुनै आँटेको छ । रिसोर्ट ४ वटा क्याबिन हुनेछन् र ती क्याबिनमा १० जना महिला आरामसँग बस्न सक्नेछन् । उक्त रिसोर्टको बुकिङ खुल्ला भैसकेपछि केवल महिलाहरुले मात्र त्यहाँ कोठा बुक गर्न पाउनेछन् ।

रिसोर्टका कोठा बुक गर्नका लागि केवल पैसा तिरेर मात्र पुग्नेछैन ग्राहकहरुले स्काइपीको माध्यमबाट अन्तरवार्ता नै दिनुपर्नेछ । उक्त टापु तथा रिसोर्टकी मालिकनी क्रिस्टिना रोथ टापुमा पुरुषलाई प्रतिबन्ध लगाउनुको अन्य कुनै कारण नभएको र आफूलाई पुरुषहरुप्रति घृणा नभएको बताउँछिन् ।

भविष्यमा पुरुषहरुका लागिसमेत उक्त टापु खुल्ला हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : १३ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा