महिला मात्र बस्ने अनौठो टापु जहाँ पुरुषलाई प्रतिबन्ध ! « Khabarhub

महिला मात्र बस्ने अनौठो टापु जहाँ पुरुषलाई प्रतिबन्ध !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेला बेलामा संसारमा विभिन्न ठाउँ का अनौठा घटनाहरु देख्न र सुन्न पाइन्छन् । तपाइँले दुनियाको यस्तो कुनै ठाउँको बारेमा सुन्नुभएको छ, जहाँ केवल महिला मात्र जान सक्दछन् ? महिला मात्र जाने र पुरुषका लागि जान बन्देज रहेको एउटा टापु छ यो दुनियामा ।

उक्त टापुको नाम हो– सुपरशी टापु । बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त टापु ८.४७ एक्कड क्षेत्रफलमा फैलिएको छ । अमेरिकाकी एक धनाढ्य महिला क्रिस्टिना रोथले उक्त टापु किनेकी छिन् ।

क्रिस्टिनका यस्तो ठाउँको खोजी थिइन् जहाँ महिलाहरु आरामसँग छुट्टी मनाउन सकून् र कुनै समस्या नपरोस् । यो टापु त्यस्तै स्वप्निल ठाउँ हो । त्यहाँ महिलाहरुलाई फिटनेश, पोषण तथा अन्य सबैखाले दैनिक आवश्यकताका चिजबिजहरु प्राप्त हुनेछन् ।

भागदौडबाट मुक्त भएर महिलाहरु उक्त टापुमा समय बिताउन पाउनेछन् । यो टापुमा एउटा रिसोर्ट छ । उक्त रिसोर्टको निर्माण सम्पन्न हुनै आँटेको छ । रिसोर्ट ४ वटा क्याबिन हुनेछन् र ती क्याबिनमा १० जना महिला आरामसँग बस्न सक्नेछन् । उक्त रिसोर्टको बुकिङ खुल्ला भैसकेपछि केवल महिलाहरुले मात्र त्यहाँ कोठा बुक गर्न पाउनेछन् ।

रिसोर्टका कोठा बुक गर्नका लागि केवल पैसा तिरेर मात्र पुग्नेछैन ग्राहकहरुले स्काइपीको माध्यमबाट अन्तरवार्ता नै दिनुपर्नेछ । उक्त टापु तथा रिसोर्टकी मालिकनी क्रिस्टिना रोथ टापुमा पुरुषलाई प्रतिबन्ध लगाउनुको अन्य कुनै कारण नभएको र आफूलाई पुरुषहरुप्रति घृणा नभएको बताउँछिन् ।

भविष्यमा पुरुषहरुका लागिसमेत उक्त टापु खुल्ला हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : १३ बजे

सुनकोशीमा हाम फालेका पराजुली दम्पती बेपत्ता, खोजी गर्दै प्रहरीसहित स्थानीय

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा