विश्वकप यात्राबाट बाहिरिएपछि कप्तान कोहलीले के भने? « Khabarhub

विश्वकप यात्राबाट बाहिरिएपछि कप्तान कोहलीले के भने?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा न्युजिल्याण्डसँग भारत पराजित भएपछि त्यसको चर्चा सर्वत्र छ । विशेष गरी भारतीय सञ्चार माध्यम यो प्रतियोगिताबाट भारत बाहिरिएपछि भारतीय टोलीलाई हौसला प्रदान गर्ने र आलोचना गर्ने क्रम पनि जारी छ । बुधबारको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

आफ्नो टोली सेमिफाइनलबाटै आउट भएपछि भारतीय कप्तान विराट कोहलीले न्यूजिल्याण्डका बलरहरूको प्रंशसा गरेका छन्। शुरूवाती ४० देखि ४५ मिनेटको समयमा खेलको दिशा परिवर्तन भएको उनको भनाइ छ। कोहलीका अनुसार न्यूजिल्याण्डको शानदार बलिङका कारण भारतीय टोली दबावमा आयो र गल्ती गर्न बाध्य हुन पुग्यो।

यद्यपि सबै खेलमा भारतीय टोलीले राम्रो प्रदर्शन गरेको उनको तर्क छ। खेलपछि पत्रकारहरूको जिज्ञासामा कोहलीले भने, “हामी पराजयबाट निराश पक्कै भएका छौँ, तर हाम्रो आत्मविश्वास धरमराएको छैन।” न्यूजिल्याण्डको बलिङको खुलेर प्रशंसा गर्दै उनले भने, “केही प्रहार पक्कै राम्ररा थिएनन्, तर रोहित राम्रो बलमा आउट भए। म पनि राम्रै बलमा आउट भएँ।”

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : १९ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र