न्युजिल्याण्डसँग हारेपछि ‘भिलेन’ बने कोहली, राहुल र शर्मा « Khabarhub

न्युजिल्याण्डसँग हारेपछि ‘भिलेन’ बने कोहली, राहुल र शर्मा


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न फन्डेबाजी समाचारमा भारतीय मिडिया अगाडि देखिन्छन । देशको नाम जोडिएका विषयमा एकाएक उत्तेजित समाचार प्रकाशन प्रसार गर्ने गरेका मिडियाले एकै छिनमा समाचारलाई विपरीत तिर पनि पुर्‍याउने गरेका छन् । यस्तै भएको छ न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमको समाचार पनि।

बुधबार बिहानै देखि भारतले विश्वकपको उपाधी उचाल्ने आँकलनसहितका समाचार प्रसारण प्रकाशन गरेका मिडियाले भारत न्युजिल्याण्डसँग पराजित भएपछि खेलाडीको तीव्र आलोचना गरे । सञ्चार माध्यमले नै कप्तान विराट कोहलीलाई ‘भिलेन’ बनाएका छन्।

म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्।

२४० रनको सामान्य लक्ष्य पनि नाघ्न नसकेको जनाउँदै भारतीय टेलिभिजन एबीपी न्यूजले कप्तान विराट कोहली र ओपनरहरु केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्। भारतले ४९.३ ओभरमा अलआउट हुँदै २२३ रन मात्रै बनाउन सक्यो।

रवीन्द्र जडेजाले सबैभन्दा बढी ७० रन बनाएउँदा महेन्द्रसिंह धोनीले ५० रनको योगदान दिए। दुवैले ११६ रनको गतिलो साझेदारी गरे पनि टप अर्डरका ब्याट्म्यानको प्रदर्शन निराशाजनक भएपछि भारत पराजित भएको हो। खेलमा फ्लप भएका कोहली, राहुल र शर्मा तीनैजनाले केबल १–१ रन मात्रै बनाउन सके।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ४४ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर