न्युजिल्याण्डसँग हारेपछि ‘भिलेन’ बने कोहली, राहुल र शर्मा « Khabarhub

न्युजिल्याण्डसँग हारेपछि ‘भिलेन’ बने कोहली, राहुल र शर्मा


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न फन्डेबाजी समाचारमा भारतीय मिडिया अगाडि देखिन्छन । देशको नाम जोडिएका विषयमा एकाएक उत्तेजित समाचार प्रकाशन प्रसार गर्ने गरेका मिडियाले एकै छिनमा समाचारलाई विपरीत तिर पनि पुर्‍याउने गरेका छन् । यस्तै भएको छ न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमको समाचार पनि।

बुधबार बिहानै देखि भारतले विश्वकपको उपाधी उचाल्ने आँकलनसहितका समाचार प्रसारण प्रकाशन गरेका मिडियाले भारत न्युजिल्याण्डसँग पराजित भएपछि खेलाडीको तीव्र आलोचना गरे । सञ्चार माध्यमले नै कप्तान विराट कोहलीलाई ‘भिलेन’ बनाएका छन्।

म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्।

२४० रनको सामान्य लक्ष्य पनि नाघ्न नसकेको जनाउँदै भारतीय टेलिभिजन एबीपी न्यूजले कप्तान विराट कोहली र ओपनरहरु केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्। भारतले ४९.३ ओभरमा अलआउट हुँदै २२३ रन मात्रै बनाउन सक्यो।

रवीन्द्र जडेजाले सबैभन्दा बढी ७० रन बनाएउँदा महेन्द्रसिंह धोनीले ५० रनको योगदान दिए। दुवैले ११६ रनको गतिलो साझेदारी गरे पनि टप अर्डरका ब्याट्म्यानको प्रदर्शन निराशाजनक भएपछि भारत पराजित भएको हो। खेलमा फ्लप भएका कोहली, राहुल र शर्मा तीनैजनाले केबल १–१ रन मात्रै बनाउन सके।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ४४ बजे

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी

दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ परेका छन् । 

बिपी राजमार्ग खुलाउने प्रयास जारी

बनेपा– पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको