‘छ माया छपक्कै’ ले रिलिज मिति तोक्यो « Khabarhub

‘छ माया छपक्कै’ ले रिलिज मिति तोक्यो


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ ले प्रदर्शन मिति तय गरेको छ । यसअघि फिल्म दशैँको मौका पारेर रिलिज हुने भनिए पनि मिति तय गरिएको थिएन ।

निर्माण टिमका अनुसार यो फिल्म असोज १० गते प्रदर्शन हुने भएको छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारीको जोडी देख्न सकिनेछ । फिल्मको छायांकन नसकिँदै विदेशी राइट्स एक करोडभन्दा बढीमा विक्री भएको यो फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् । फिल्ममा केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

चर्चाका हिसाबले यो फिल्मले दर्शकको ध्यान तान्ने देखिए पनि यो मितिमा अर्को फिल्म ‘घामड शेरे’ पनि पद्रर्शनमा आउने सम्भावना छ । यो फिल्मलाई डीसीएनले वितरणको जिम्मा लिइसकेको छ ।

योसँगै दशैँमा अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ पनि प्रदर्शन हुँदैछ । फिल्म फूलपातीका दिनदेखि रिलिज हुने सम्भावना बढेको छ । यद्यपि ‘घामड शेरे’ र ‘रातो टीका निधारमा’ टिमले रिलिज मिति भने फाइनल गरेका छैनन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १ : ५८ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको