छविराज ओझाले भने- प्रहरीमा नजानुपर्ने उजुरी गयो « Khabarhub

छविराज ओझाले भने- प्रहरीमा नजानुपर्ने उजुरी गयो


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छविराज ओझा र शिल्पा पोखरेल ।


काठमाडौं – निर्माता छविराज ओझाले पत्नी शिल्पा पोखरेलसँग सामान्य झगडा भएको प्रतिक्रिया दिएका छन् । बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा शिल्पाले दिएको उजुरीपछि झगडा मिलाउन पुगेका ओझाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामीबीच सामान्य झगडा मात्र भएको हो, उहाँले उजुरी दर्ता गर्नुभएको रहेछ, यो साधारण कुरा नै हो,’ निर्माता ओझाले भने, ‘प्रहरीमा नआउनुपर्ने उजुरी आएको हो, म पहिलोपटक प्रहरी चौकी आउनुपर्‍यो ।’

उनले घरमा सामान्य झगडा भएको र आफूले कानमा हानेर कानको जाली नफुटेको प्रतिक्रिया दिए । उनले आफ्नी पत्नीलाई कसैले प्रयोग गरेको तर कुनै गुनासो नरहेको पनि बताए ।

शिल्पाले दाइ मान्दै आएका फोटोपत्रकार विकास रौनियारले भने कानको जाली फुटेको सन्दर्भमा कानको उपचार भइरहेको प्रतिक्रिया दिए ।

यता शिल्पा पोखरेलले भने पत्रकारसँग कुनै प्रतिक्रिया दिएकी छैनिन् ।

नायिका तथा मोडल शिल्पा पोखरेल र छविराज ओझाले वि.सं. २०७३ असार २९ गते विवाह गरेका थिए । तर छवि र शिल्पा दुवैले मिडियामा यो खबरलाई लुकाउँदै आएका थिए । उनीहरुले यस्ता समाचार बाहिर आउँदा उनीहरुले खण्डन समेत गर्ने गरेका थिए ।

विकास रौनियारका अनुसार छवि र शिल्पाले ६ महिनाअघि मात्र विवाह दर्ता गराएका थिए ।

यसअघि छविराज ओझाले नायिका रेखा थापासँग बिहे गरेका थिए । रेखासँग बिहे गर्नुअघि छविले हेमा र गिताञ्जली सुनुवारसँग पनि विवाह गरेका थिए । हेमा र रेखाले छविसँग सम्बन्धविच्छेद गरेका थिए भने गिताञ्जली सुनुवारले आत्महत्या गरेकी थिइन् ।

आफ्नो बिहेबारे लुकाउँदै आएका छवि र शिल्पाको सम्बन्ध गसिप बनिरहेका बेला शिल्पाले प्रहरीमा उजुरी दिएपछि निर्माता ओझाका अन्य बिहेबारे पनि चर्चा हुन थालेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : ०५ बजे

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा