कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन « Khabarhub

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले परीक्षण गरेका केही तरकारी तथा आलुका नमुनामा उच्च मात्रामा विषादी अवशेष भेटिएको छ।

प्रयोगशालाले असार १२ गते सार्वजनिक गरेको परीक्षण नतिजाअनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि ल्याइएका १२ वटा नमुनामध्ये ३ वटा नमुना ‘विसर्जन गर्ने’ श्रेणीमा परेका छन् । 

नतिजाअनुसार धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको करेला तथा सल्यानबाट ल्याइएको आलु मा विषादी अवशेषको मात्रा ४५ प्रतिशतभन्दा बढी भेटिएकाले ती नमुना नष्ट (विसर्जन) गर्न निर्देशन दिइएको छ।

प्रयोगशालाले जारी गरेको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम अवशेष भएका कृषि उपज उपभोगयोग्य मानिन्छन् भने ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टिनमा राख्नुपर्ने व्यवस्था छ । ४५ प्रतिशतभन्दा माथि पुगेका नमुना भने उपभोगका लागि अनुपयुक्त मानिँदै विसर्जन गर्नुपर्ने हुन्छ ।

यसैबीच गोलभेँडा, बन्दाकोबी, तितेकरेला, भान्टा, प्याज तथा विभिन्न जिल्लाबाट ल्याइएका अन्य आलुका नमुना भने उपभोगयोग्य रहेको प्रयोगशालाले जनाएको छ । 

प्रयोगशालाले किसान, व्यापारी तथा उपभोक्तालाई विषादीको सुरक्षित प्रयोग र तोकिएको प्रतीक्षा अवधि पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  २ : २९ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित