न्यूजिल्याण्डले धोनीको विकेट लिएपछि हर्ट अट्याकका कारण समर्थकको निधन | Khabarhub Khabarhub

न्यूजिल्याण्डले धोनीको विकेट लिएपछि हर्ट अट्याकका कारण समर्थकको निधन


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँची– भारतीय समाजमा क्रिकेट खेललाई धर्मकै दर्जा दिइन्छ भने खेलाडीलाई जीवित भगवान्का रुपमा लिने गर्छन् ।

बुधबार सम्पन्न आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि क्रिकेटका यस्ता ‘क्रेजी फ्यान’ ले विभिन्न हर्कत गरेको समाचार सार्वजनिक भएका छन् ।

यसअघि भारतको हारपछि फ्यानहरुले टेलिभिजन फुटाएको तथा खेलाडीको घरमा गएर हुलदंगा गरेको घटना सार्वजनिक हुने गरेको थियो ।

यस्तै अर्को घटना घटेको छ, भारत झारखण्डमा जहाँ भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीका यस्तै ‘क्रेजी फ्यान’ को हृदयघातका कारण बुधबार ज्यान गएको छ । झारखण्ड किशनगञ्ज निवासी धोनीका ठूला फ्यान अशोक पासवानको हृदयघात भएको हो ।

४९ वर्षे उनलाई खेलमा धोनीको विकेट गएको समाचार सुनेर अचानक हृदयघात भएको थियो ।

क्रिकेटमा यस्तो पागलपनका कारण उनको ज्यान गएपछि उनको परिवार आश्चर्यमा परेको र शोकमा डुबेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अस्पतालमा कार्यरत उनी आफ्नो काम सकेर घर फर्केर टेलिभिजनमा भारत र न्यूजिल्याण्डको खेल हेर्न बसेका थिए । खेलमा भारतको अवस्था निकै कमजोर थियो ।

तैपनि भारतका पूर्वकप्तान धोनी र रविन्द्र जडेजाले भारतको पारीलाई सम्हाल्ने प्रयास गरिरहेका थिए । यसैक्रममा ४८ ओभरको तेश्रो बलमा उनी रन आउन हुन पुगे त्यसपछि पासवानले त्यो पीडा थाम्न नसकेपछि एक्कासी हृदयघातको शिकार बन्न पुगे । त्यसको केही समयपछि उनको निधन भएको थियो ।

धोनीको विकेट गएपछि भारतले खेल सम्हाल्न सकेन र अन्त्यमा १८ रनले पराजित हुँदै उपाधि होडबाट बाहिरियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  २ : ४४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित