पाकिस्तानमा रेल दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा रेल दुर्घटना, १४ जनाको मृत्यु


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किँदा १४ जनाको ज्यान गएको छ । पाकिस्तानको पञ्जाव प्रान्तस्थित सदिकावाद शहरनजिक भएको घटनामा अरु ७९ जना घाइते भएका छन् ।

पञ्जाल प्रान्तको राजधानी लाहौरबाट बलोचिस्तानको राजधानी शहर क्वेट्टातर्फ गइरहेको अकबर एक्सप्रेसको यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग सदिकावादको वल्हार स्टेशनमा ठोक्किएको थियो । प्रहरीले दुर्घटनाका क्रममा अझै केही यात्रुहरु रेलको भग्नावशेषमा फसिरहेको र उनीहरुको उद्धार कार्यलाई अघि बढाइएको जनाएका छन् ।

हाल दुर्घटनाग्रस्त रेललाई लिकबाट हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मारिएकाहरुको परिवारलाई ५ लाख पाकिस्तानी रुपैयाँ दिइने घोषणा गरेका छन् ।

पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : ०४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६