विषादी परीक्षणको निर्यण फिर्ता लिएको विरोधमा नेबिसंघबाट मसाल जुलुस, १४ जना पक्राउ « Khabarhub

विषादी परीक्षणको निर्यण फिर्ता लिएको विरोधमा नेबिसंघबाट मसाल जुलुस, १४ जना पक्राउ


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले विषादी परीक्षणको निर्णय सरकारले फिर्ता लिएको विरोधमा विहीबार मसाल जुलुस प्रदर्शन गरेको छ ।

सरकारको सो निर्णय तत्काल फिर्ता लिन माग राख्दै नेबिसंघले विहीबार काठमाडौंको बालाजु क्षेत्रमा मसाल जुलुश प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुलाई बालाजु प्रहरी वृत्तमा लगिएको छ ।  नेबिसंघ नेता सुशील भट्टको नेतृत्वमा विद्यार्थीहरु मसाल जुलस प्रदर्शनमा उत्रिएका थिए ।

भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग राख्दै नेबिसंघले चरणवद्ध आन्दोलन जारी राखेको छ । निर्णय तत्काल खारेज गर्न माग राख्दै नेविसंघले गत मंगलबार प्रमुख जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : २९ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या