दोषमाथि कारबाही नभए कार्य क्षेत्र छोड्ने डडेल्धुराका चिकित्सकहरुको चेतावनी « Khabarhub

दोषमाथि कारबाही नभए कार्य क्षेत्र छोड्ने डडेल्धुराका चिकित्सकहरुको चेतावनी


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– शव पोस्टमार्टमको विषयलाई लिएर चिकित्सकमाथि हातपात भएपछि सम्पूर्ण सेवाहरु ठप्प पारेर आन्दोलित डडेल्धुरा अस्पतालका चिकित्सकले कार्यक्षेत्र छाड्ने चेतावनी दिएका छन् ।

आक्रमणमा संलग्न जनप्रतिनिधिमाथि २४ घण्टाभित्र कारबाही नभए उनीहरुले कार्य क्षेत्र छोड्ने चेतावनी दिएका हुन् । उनीहरुले काम गर्ने वातावरण नभए असुरक्षित वातावरणमा काम गर्न नसकिने बताउदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा दोषीलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरिएको छ । त्यस्तै आफूहरुको माग पूरा नभए कार्यक्षेत्र छाड्ने चेनावनी दिइएको छ । गत बुधवार अमगरढी नगरपालिका ११ सल्लाघारीका रमेशकुमार खड्काको पठाएको शवको पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि वडा नम्बर ११ का अध्यक्ष सूर्यबहादुर खड्काको नेतृत्वमा रहेको भीडले हातपात गरेको थियो । सोही घटनालाई लिएर अस्पतालका चिकित्सक सेवा ठप्प पारेर आन्दोलित छन् ।

त्यस्तै सरकारी चिकित्सक संघ नेपालले  प्रेस विज्ञप्ति जारी गर्दै घटनाले मर्माहत बनाएको जनाएको छ । संघको विज्ञप्तिमा भनिएको छ– ‘सुरक्षाको शत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म त्यहाँ कार्यरत चिकित्सकहरुलाई आत्मसुरक्षाको लागि केन्द्र (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)मा हाजिर हुन आग्रह गर्दछौं । यसबाट सर्जित सम्पूर्ण परिस्थितिको जिम्मेबार स्थानीय निकाय र प्रशासन हुनेछ ।’

यसैगरी, घटनाको नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेको छ । घटनाप्रति गम्भीर ध्यानआकर्षण भएको जनाउँदै उक्त अस्पतालका चिकित्सकहरुको माग पूरा गराउन संघ जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने महासचिव डा. लोचन भट्टराईद्वारा हस्ताक्षतिर विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ३२ बजे

हेटौँडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३६ घाइते

काठमाडौं- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै

बाबुको अपराध लुकाउने प्रयासमा छोरा मार्कोस

बास्केटबल खेलिरहेका स्यान्टियागो माटेलालाई सडकबाटै प्रहरीले उठाएर लैजाँदा उनी २२

करारको अनमी भर्ना परीक्षा पुनः सञ्चालनको माग

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन

रियल मड्रिड बराबरी रोकियो

काठमाडौं – १० खेलाडीमा सीमित ओसासुनासँग १-१ गोलको बराबरी खेल्दै

जुम्लाको संस्कृति : घोडादौड प्रतियोगिता

जुम्ला – जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २