विदेशमा पढेर स्वदेश फर्क: डा भट्टराई | Khabarhub Khabarhub

विदेशमा पढेर स्वदेश फर्क: डा भट्टराई


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर सिकेको सीप उपयोग गर्न आग्रह गरेका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा १३औँ क्यान शैक्षिक मेलाको उद्घाटन गर्दै उनले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीलाई यस्ता मेला निकै उपयोगी हुने बताए। कार्यक्रममा ब्रिटिश काउन्सिलका डेपुटी हेड अफ मिसन क्रिस्ष्टिन कार एलिवेले मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सचेत भएर जान आग्रह गरे । इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरेको र पहिलो दिन करीब ६० हजारले अवलोकन गरेको जानकारी दिनुभयो । मेला यही असार २९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’