महिला र पुरुषले एक अर्कालाई कसरी आकर्षित गर्ने ? केही टिप्स « Khabarhub

महिला र पुरुषले एक अर्कालाई कसरी आकर्षित गर्ने ? केही टिप्स


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एक अर्काको आनीबानीबारे राम्ररी बुझ्न नसक्दा साना–साना कुराहरुमा पनि झै–झगडा हुने गर्छ । मानिसहरु हेर्दा जतिनै राम्रो भए पनि एउटा न एउटा बानि नराम्रो त जसको पनि हुन्छ त्यो चाहे महिला होस् या पुरुष । एउटालाई मन पर्ने बानी अर्कोलाई मन पर्छ भने हुँदैन । त्यसैले एक अर्कालाई आकर्षित गर्नका लागि उसको बानी व्यहोराबारे बुझ्नु जरुरी हुन्छ । एक अर्कालाई आफूतर्फ कसरी आकर्षित गर्ने केही टिप्सः

रुखो स्वभाव
महिलाहरुको रुखो स्वभाव पुरुषहरुलाई मन नपर्ने बानी हो । पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।

परिवर्तन हुन दबाव दिनु
कतिपय महिलाहरु आफूले भनेजस्तो गरोस् भन्ने चाहन्छन् । तर आफूलाई राम्रो लाग्छ भन्दैमा त्यही कुरा अरुलाई मन नपर्न सक्छ । पुरुषलाई व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने खोज्ने महिला मन नपर्न पनि सक्छ त्येसैले पुरुषसँग नजिक हुन चाहानुहुन्छ भने उसलाई जबरजस्ती बदल्न नखोज्नुस् ।

सन्की स्वभाव
सन्की स्वसभावको मान्छे कसलाईपनि मन पर्दैनन् ।महिलाहरुको सन्की स्वभाव पुरुषहरुलाई मन पर्दैन । त्यस्तो सन्किने बानी छ भने त्यो बानी सुधार्नु राम्रो हुन्छ ।

भद्दा मेकअप
सबै भन्दा पहिला पुरुषहरुको नजर जाने भनेकै अनुहारमा हो । कतिपय महिलाहरु आफुलाई राम्रो देखियोस भनेर एकदमै भद्दा मेकअप गर्छन जुन पुरुषहरुलाई मन पर्दैन । त्येसैले पुरुषहरु सिम्पल महिलाहरुनै चाहान्छन् ।
लामो नङ
महिलाहरु नङ लामो बनाउन मनपर्छ । तर पुरुषलाई त्यस्तो लामो नङ मन पर्दैन । त्यसैले नङ ठिक मात्र राख्नुहोस् ।

धेरै परफ्युम लगाउनु
परफ्युमको बास्ना सबैलाई मन पर्छ भन्ने छैन । धेरै पर्फ्युम लगाउने महिला पुरुषहरुलाई मन पर्दैन । पुरुषहरुलाई पर्फ्युमको हल्का बास्ना मनपर्ने गर्दछ।

 

 

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : २७ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल