साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ असोज १० मा « Khabarhub

साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ असोज १० मा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष नै दशैँमा रिलिज हुने भनिएको फिल्म ‘रातो टीका निधारमा’ को रिलिज मिति तय गरिएको छ । निर्माण टिमले यो फिल्म दशैँको अवसर पारेर असोज १० गतेदेखि प्रदर्शनमा आउने जानकारी दियो ।

चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ दुवै फिल्म दशैँमा रिलिज हुने निर्माण टिमले पूर्वघोषणा गरेकाले कुन फिल्म कहिले रिलिज हुने भन्नेमा दुवै फिल्म मौन थिए । केही दिनअघि ‘रातो टीका निधारमा’ को गीत रिलिज कार्यक्रममा पनि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थिएन ।

यता ‘छ माया छपक्कै’ टिमले त झन् ४ वटा मितिमध्ये एक मितिमा फिल्म रिलिज हुने बताएको थियो ।

‘रातो टीका निधारमा’ फिल्म दशैँ विशेष भएको निर्देशक अशोक शर्माले बताए । फिल्ममा साम्राज्ञी शाह र अंकित शर्माको शीर्ष भूमिका रहनेछ भने नीता ढुंगाना, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खडका, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, अरुणा कार्की, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

रिलिजअघि चलचित्रको राम्रै चर्चा छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ९ : ५२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु