साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ असोज १० मा « Khabarhub

साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ असोज १० मा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष नै दशैँमा रिलिज हुने भनिएको फिल्म ‘रातो टीका निधारमा’ को रिलिज मिति तय गरिएको छ । निर्माण टिमले यो फिल्म दशैँको अवसर पारेर असोज १० गतेदेखि प्रदर्शनमा आउने जानकारी दियो ।

चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ दुवै फिल्म दशैँमा रिलिज हुने निर्माण टिमले पूर्वघोषणा गरेकाले कुन फिल्म कहिले रिलिज हुने भन्नेमा दुवै फिल्म मौन थिए । केही दिनअघि ‘रातो टीका निधारमा’ को गीत रिलिज कार्यक्रममा पनि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थिएन ।

यता ‘छ माया छपक्कै’ टिमले त झन् ४ वटा मितिमध्ये एक मितिमा फिल्म रिलिज हुने बताएको थियो ।

‘रातो टीका निधारमा’ फिल्म दशैँ विशेष भएको निर्देशक अशोक शर्माले बताए । फिल्ममा साम्राज्ञी शाह र अंकित शर्माको शीर्ष भूमिका रहनेछ भने नीता ढुंगाना, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खडका, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, अरुणा कार्की, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

रिलिजअघि चलचित्रको राम्रै चर्चा छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ९ : ५२ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,