गंगालाल अस्पतालमा लापरवाही– गलत समूहको रगत चढाएकै कारण आकृतिको मृत्यु भएको पुष्टि « Khabarhub

गंगालाल अस्पतालमा लापरवाही– गलत समूहको रगत चढाएकै कारण आकृतिको मृत्यु भएको पुष्टि


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गलत समूहको रगत चढाउँदा मृत्यु भएकी आकृति साहको उपचारमा संलग्न चिकित्सकसँग नेपाल मेडिकल काउन्सिलले स्पष्टिकरण सोधेको छ ।

सर्लाहीकी ५ वर्षिया आकृतिको मृत्यु पछि घटनाको छानविन गर्न गठित समितिले आकृतिको मुटुको शल्यक्रियाको क्रममा गलत समूहको रगत चढाइएको पुष्टि भएको प्रतिवेदन काउन्सिललाई बुझाएको थियो ।

आकृतिलाई गलत समूहको रगत चढाइएको भन्ने पुष्टि भएपछि काउन्सिलले उपचारमा संलग्न चिकित्सहरुलाई ७ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको काउन्सिलका इथिकल कमिटिका संयोजक डा ढुण्डीराज पौडेलले बताए ।

उनले भने, ‘हामीले आकृतिको मृत्यु पछि एक सातामा छानबिन समिति बनाएका थियौं, समितिले तयार पारेको प्रतिवेदनमा गलत समूहको रगत चढाइएको पुष्टी भएको छ, तर डाक्टरले अझै स्वीकार्नु भएको छैन, त्यसैले हामीले उपचारमा संलग्नलाई एकसाताभित्र स्पष्टिकरण पेस गर्न पत्राचार गरेका छौं ।’

बैशाख १७ गते गंगालाल अस्पतलमा ओपन हार्ट सर्जरी गर्ने क्रममा आकृतिलाई ‘ओ पोजेटिभ’ समूहको रगत दिनुपर्नेमा ‘ए पोजेटिभ’ रगत चढाइएको समितिले गरेको छानबिनबाट पुष्टि भएको छ  । गलत समूहको रगत चढाउँदा आकृतिको ओपन हार्ट सर्जरी गरेको १ सातामै मृत्यु भएको थियो ।

आकृतिको मृत्यु पछि उनका आफन्तहरुले डाक्टरले गलत समूहको रगत दिएकै कारण मृत्यु भएको भन्दै शव लिन समेत अस्वीकार गरेका थिए । तर गंगालाल अस्पतालले प्रहरीको रोहवरमा आकृतिको शव पोष्टमार्टमा पठाएको थियो ।

आकृतिको उपचारको क्रममा मृत्यु भएका समाचारहरु आएपछि नेपाल मेडिकल काउन्सिलले घटनाको एकसातापछि डा भगवान् कोइरालाको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

आकृतिको उपचारमा संलग्न चिकित्सकलाई स्पष्टिकरणको लागि एक साताको समय दिइएकाले एक सातापछि नै घटनामा दोषी रहेकालाई कारबाहीको प्रक्रिया अघि बढाइने डा पौडेलले बताए ।

यो पनि पढ्नुस्– 

गंगालालबाट आकृतिको शव टिचिङ अस्पतालमा, छोरीको शव पनि हेर्न नपाइ घर फर्किइन् पिङ्की

गंगालालमा आकृतिको मृत्यु प्रकरण : उजुरी दिन जाँदा उल्टै थर्काउँछ प्रहरी !

उपचारका लागि ल्याएकी छोरीलाई ६ दिनसम्म हेर्न दिएनन्, सातौं दिन शव लिन बोलाए !

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ११ : २९ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण