वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये १५ प्रतिशत युवा तराईंका ९ जिल्लाबाट मात्रै « Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये १५ प्रतिशत युवा तराईंका ९ जिल्लाबाट मात्रै


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये तराईंका ९ जिल्लाबाट मात्रै १५ प्रतिशत युवा रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जाने नेपालीमध्ये १५ प्रतिशत तराईंका ९ जिल्लाबाट छन् ।

आर्थिक वर्ष २०७५/७६ मा रोजगारीको खोजीमा झापा, सुनसरी, मोरङ, धनुषा, सिराहा, महोत्तरी,सर्लाही, नवलपरासी र सप्तरीबाट धेरै युवा विदेशीएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा ५ लाखभन्दा धेरै युवा कामको खोजीमा विदेशिएका थिए ।

जसमध्ये तराईंका ९ जिल्लाबाट करिब ७८ हजार ९ सय ६२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्याङ्कमा उल्लेख गरिएअनुसार गत आर्थिक वर्षमा धनुषाबाट मात्रै १३ हजार ७ सय २३ जना, सिराहाबाट ११ हजार ५ सय ५६, झापाबाट १० हजार ९ सय २८, मोरङबाट ९ हजार २ सय २७, महोत्तरीबाट ८ हजार ८ सय ३, सुनसरीबाट ६ हजार ६ सय ९२, सर्लाहीबाट ६ हजार ४ सय ४५, नवलपरासीबाट ६ हजार २ सय ३६ र सप्तरीबाट ५ हजार ३ सय ५२ जना वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विगतमा तराईंका जिल्लाका युवाको रोजगार गन्तव्य भारत, बंगलादेश र पाकिस्तान थियो । केही वर्षयता तराई जिल्लाका युवाहरु रोजगारीका लागि खाडीका देश र मलेसिया जान थालेका वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ११ : १९ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित