प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्किने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्किने


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किने भएका छन् ।

यसअघि गत शुक्रबार स्वदेश फर्किने जनाइए पनि स्वास्थ जाँचको सम्पूर्ण रिपोर्ट नआएका कारण ओलीको स्वदेश फर्किने तालिका सोमबारका लागि सरेको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको काम सकिएको र उनी भोलि दिउँसो काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित ९ जनाको टोली सहभागी छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ११ : ४८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र