सांसदहरुको आफ्नै गुनासो– सरकारका मन्त्रीले टेरेनन् ! « Khabarhub

सांसदहरुको आफ्नै गुनासो– सरकारका मन्त्रीले टेरेनन् !


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयलाई सरकारले गम्भीर रुपमा नलिएको भन्दै सांसदहरुले पुन असन्तुष्टि जनाएका छन् ।

आफूहरुले संसदमा उठाएका विषयप्रति सरकार गम्भीर नदेखिएको भन्दै सांसदहरुले साभामुखको ध्यानाकर्षण पनि गराउँदै आएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले संसदको शुन्य तथा विशेष समयमा उठाइएका विषयप्रति सरकार गम्भीर नबनेको भन्दै सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराए ।

आइतबार संसद बैठकको शुन्य समयमा बोल्दै सांसद गगन कुमार थापाले शुन्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिन भित्र सदनमा उपस्थित भइ जानकारी गराउनुपर्ने व्यवस्थासहितको नियमावली कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

विगतमा शुन्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलिमा नै व्यवस्था गरिएको उल्लेख गर्दे सांसद थापाले सभामुखलाई प्रश्न गरे, ‘नियमको कार्यान्वयन किन नभएको ?’

त्यस्तै शुन्य समयमा बोल्दै सांसदहरुले अन्य समसायिक र क्षेत्रगत विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमृता देवी अग्रहरीले कपिल वस्तुमा किसानले मलखाद र पानीको ठुलो अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिँचाइको तत्काल व्यवस्था गर्न माग गरिन् ।

यसबारे पटक पटक कुरा उठाउँदै आएको भए पनि सरकारले वेवास्ता गरेको गरेको अग्रहरीको गुनासो थियो । कृषकका समस्याबारे कान थुनेर र आँखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै सांसद अग्रहरीले प्रधानमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराइन् ।

सांसद कृष्णभक्त पोखरेलले सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवन भित्र निर्वाध प्रवेश गर्ने वातावरण बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद खगराज अधिकारीले कालीगण्डकीको डायभर्सन गर्दा केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरु पानी विनाका हुने भदै, चापाकोट रामपुर लगायतका टार सिंचाई हुनबाट बञ्चित हुने तथा नारायणीमा पानी जहाज संञ्चालन गर्ने विषय पनि प्रभावित हुने भन्दै विषयवस्तुको गार्भियर्ता तर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेश कुमार पहाडीले मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको खुर्रकोट घुर्मी सडकखण्डमा दोहोरो यातायात संञ्चालनको लागि आवश्यक पहल गर्न आग्रह गरे ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १२ : ५४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था