आयुषको आवाजमा ‘हजार जुनीसम्म’ को शीर्ष गीत रिलिज « Khabarhub

आयुषको आवाजमा ‘हजार जुनीसम्म’ को शीर्ष गीत रिलिज


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार गीतको लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरियो ।

भारतीय टिभी शो ‘सारेगमम लिटिल च्याम्प’ मा सहभागी भएर चर्चामा आएका आयुष केसीले यो गीतमा स्वर दिएका छन् । यो गीतको ओर्जिनल भर्सनमा गायक उदय सोताङको स्वर छ । गीतमा योगेन्द्र घतानीको संगीत छ भने पवन चाम्लिङका शब्द छन् ।

गीतमा चलचित्र ‘हजार जुनीसम्म’ का कलाकारलाई देखाइएको छ । यद्यपि भिडियोमा फिल्मका बारेमा खुलाइएको छैन । यो चलचित्रलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट अखिलेस प्रधानले नेपाली फिल्ममा डेब्यु गर्दैछन् ।

विशाल चाम्लिङको कथा रहेको यो फिल्ममा विकास राज आचार्य र सामीप्य तिमिल्सिनाको स्किृप्ट रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : ५२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु