आयुषको आवाजमा ‘हजार जुनीसम्म’ को शीर्ष गीत रिलिज | Khabarhub Khabarhub

आयुषको आवाजमा ‘हजार जुनीसम्म’ को शीर्ष गीत रिलिज


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार गीतको लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरियो ।

भारतीय टिभी शो ‘सारेगमम लिटिल च्याम्प’ मा सहभागी भएर चर्चामा आएका आयुष केसीले यो गीतमा स्वर दिएका छन् । यो गीतको ओर्जिनल भर्सनमा गायक उदय सोताङको स्वर छ । गीतमा योगेन्द्र घतानीको संगीत छ भने पवन चाम्लिङका शब्द छन् ।

गीतमा चलचित्र ‘हजार जुनीसम्म’ का कलाकारलाई देखाइएको छ । यद्यपि भिडियोमा फिल्मका बारेमा खुलाइएको छैन । यो चलचित्रलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट अखिलेस प्रधानले नेपाली फिल्ममा डेब्यु गर्दैछन् ।

विशाल चाम्लिङको कथा रहेको यो फिल्ममा विकास राज आचार्य र सामीप्य तिमिल्सिनाको स्किृप्ट रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर