सामाजिक सञ्जालमा भ्रमण वर्ष २०२० को लोगो राख्न मन्त्रीको अनुरोध « Khabarhub

सामाजिक सञ्जालमा भ्रमण वर्ष २०२० को लोगो राख्न मन्त्रीको अनुरोध


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सम्पूर्ण नेपालीमा अनुरोध गरेको छ ।

विभागीय मन्त्री योगेश भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रत्येक नेपाली नागरिकलाई आफूले प्रयोग गर्ने निजी तथा संघ/संस्थाहरुको नाममा रहेको सामाजिक सञ्जाल फेसबुक, वेबसाइट, ट्वीटर तथा इन्स्टाग्राम लगायतमा अभियानको लोगो राखी साथ दिन तथा प्रचारप्रसारमा सहयोग, समन्वय र सहकार्यका लागि अनुरोध गरेका हुन् ।

भ्रमण बर्ष २०२० अभियानलाई विश्वस्तर तथा नेपालभर प्रचारप्रसार गरी कम्तिमा बार्षिक २० लाख पर्यटक भित्र्याउने अभियान सञ्चालनमा सबै नेपालीबाट उल्लेखनीय सहयोगको अपेक्षा राखेको मन्त्री भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री भट्टराई नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको संयोजक पनि रहेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : १५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले