राष्ट्रिय महिला टोलीले नक्सालमा अभ्यास गर्ने « Khabarhub

राष्ट्रिय महिला टोलीले नक्सालमा अभ्यास गर्ने


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अभ्यास नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मैदानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी नक्सालमा गर्ने जानकारी दिएको हो ।

यसअघि असार १२ गतेदेखि महिला टोली सातदोबाटोस्थित एन्फा मैदानमा अभ्यासरत थियो । तर असार १६ गतेदेखि सागकै अभ्यासका लागि यु–२३ पुरुष टोली पनि अभ्यासमा जुटेपछि यी दुई टोलीले मैदान बाँडेर अभ्यास गर्दै आएका थिए ।

दुवै टोलीको साझँ ५ देखि ७ बजेसम्मको अभ्यास तालिका भएपछि दुई टिमले आधाआधा मैदानमा अभ्यास गर्दै आएका थिए ।

मैदान अभावको विकल्पमा एन्फाले महिला टोलीको अभ्यास नक्सालमा गर्ने तयारी गरेको हो । महिला टोलीको अभ्यास समय भने पुरानै तालिका अनुसार रहेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ४६ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको