राजनीतिमा लागिन् पूर्वमिस नेपाल अर्थ प्रिया सिग्देल « Khabarhub

राजनीतिमा लागिन् पूर्वमिस नेपाल अर्थ प्रिया सिग्देल


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा विवेकशील पार्टी प्रवेश गरेकी छिन् । उनी साझा पार्टीकी केन्द्रीय सदस्य नियुक्त समेत भएकी छिन् ।

पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा २४ वर्षीया प्रियालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठकले सिग्देललाई केन्द्रीय सदस्य चयन गरेको हो । साझा पार्टीले युवापुस्तालाई जोड्नका लागि प्रियालाई मनोनित गरेको जनाएको छ ।

प्रियाले डेभलपमेन्ट स्टडिज विषय लिएर स्नातक गरेकी छन् । उनी महिला सशक्तीकरणका विषयमा पनि सक्रिय छिन् । प्रियाले अब नेपालको भविष्य बनाउन युवापुस्ताको हात रहेकाले आफू साझा पार्टीमा प्रवेश गरेको बताएकी छिन् ।

उनले आफूलाई राजनीतिक रुपमा सक्रिय रहेर समाज रुपान्तरणका लागि भूमिका खेल्ने बताइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ०१ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।